default_image

अन्य

March 29, 2022

प्रवीण र संगितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका प्रवीण मानन्धर र संगिता राईले गणेशमान सिंह फाउण्डेसन राष्ट्रिय कराते प्रतियोगिताको एकल काता मंगलबार स्वर्ण जितेका छन् । बलुम्बुस्थित डिबी पार्टी भेन्युमा भएको फाइनलमा प्रवीणले प्रदेश १ का विवेक राई तथा संगिताले बाग्मतीकी सन्जु देशासलाई पराजित गरे । गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा […]

March 29, 2022

सुर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अ‍ोपन हिमालयन गल्फ कोर्स, पोखरामा आयोजना हुँदैछ । प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहनेछ । इभेन्टको […]

March 28, 2022

महिला प्रिमियर लिग फुटसलमा ढुकु अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसल हवले महिला प्रिमियर लिग (एमपिएल) फुटसल सिजन चारमा आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएका छन् । लिगको चौथो साताको खेलमा ढुकुले दि माइथी महिलाजमाथि ६–१ को फराकिलो जित दर्ता गर्दै लिगमा अपराजित रहन सफल भएको हो ।यो जितसँगै शीर्षस्थानमा रहेको ढुकुको ५ खेलबाट १५ अंक पुगेको छ । […]

March 28, 2022

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजक ललितपुर टेबलटेनिस क्लबले जनाएको छ । सम्झना ल्याबको प्रमुख प्रायोजन तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडीको सहभागिता रहने स्पिन इभेन्टका अध्यक्ष […]

March 28, 2022

कार्यालय भवन निर्माणका लागि जग्गा माग

भक्तपुर (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला खेलकुद विकास समितिले चाँगुनारायण नगरपालिकासंग कार्यलय भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन अनुरोध गरेको छ । नगर प्रमुख सोमप्रसाद मिश्रलाई समितिका कार्यलय प्रमुख दुर्गाप्रसाद दुलालले नगरपालिकाको कार्यलयमा अनुरोध पत्र बुझाएका छन् ।समितिका निवर्तवान अध्यक्ष श्रीभक्त कासिछ्वाको पहलमा चाँगुनारायण नगरपालिका ५ बाँसवारीस्थित साझा सुविधा केन्द्रसँगै रहेको करिब ५ […]

March 28, 2022

गोपाललाई अर्को सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी गोपाल भण्डारीले ४३औं नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजतपदक जितेका छन् । अमेरिकाको भर्जिनियामा भएको च्याम्पियनसिपमा गोपालले ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत जितेका हुन् । उनको समूहमा अमेरिकाका विभिन्न राज्यका नौ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गोपालले एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो डोजाङबाट प्रतिनिधित्व गर्दै रजत पदक जितेका […]

March 28, 2022

गोजुरियो कराते शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुरियो कराते संघको आयोजनामा नवौं राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी जम्मा ४२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक गोजुरियो कराते संघका सचिव सानुबाबु गिरीले जनाएका छन् । पुरुषमा २८ र महिलामा १४ स्पर्धामा खेल हुने छ । सातै प्रदेशबाट करिब […]

March 28, 2022

हरियाणाकी निर्मल प्रधानमन्त्री कप भलिबलमा सर्वाेत्कृष्ट

नेपालगन्ज (हाम्रो खेलकुद) – भारतको हरियाणा स्पोर्टस् क्लबकी ओपन स्पाइकर निर्मल तनवर आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । हरियाणा स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन उनको प्रदर्शन उच्च रहेको थियो । सोमबार नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हरियाणाले उपाधि जितेको थियो । […]

March 28, 2022

हरियाणा प्रधानमन्त्री कप भलिबल च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद) – भारतको हरियाणा स्पोर्टस् क्लब आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट हरियाणाले २६–२४ ले आफ्नो पक्षमा पार्न सफल […]

March 28, 2022

न्यु डायमन्डलाई हराउँदै आर्मी तेस्रो

नेपालगन्ज (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि सोझो सेटमा जित निकाल्दै विभागीय त्रिभुवन आर्मी क्लब आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ । नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको खेलमा आर्मीले डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।डायमन्डले बिर्सनलायक प्रदर्शन गर्दा पहिलो […]

Success

Thank you for your time.