September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित भएका छन् । साथै ओसिएको स्पोर्टस एन्ड इनभारोमेन्ट कमिटीको अध्यक्षमा पनि निर्वाचित भएको एनओसीले जनाएको छ। भारतको नयाँ दिल्ली स्थिति भारत मण्डपमा आइतवार ओसिएको ४४ औं साधारण सभा सम्पन्न भएको थियो । साधारण […]
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना वैधले राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको उप निर्देशक पदबाट राजीनामा दिएकी छन् । झन्डै २ वर्षअघि उप निर्देशक बनेकी वैद्यले निर्देशक पदमा भएको बढुवामा असन्तुष्टी जनाउँदै आइतवार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् । तालिम तथा प्रशिक्षण विभागका तत्कालीन निर्देशक प्रचण्ड शर्माले भदौ १९ […]
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइएसटिएएफ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप ३७ औं थाई किङ्स कपमा १ स्वर्ण र ३ कास्य पदक जितेको छ । थाइल्याण्डमा भदौ १६ देखि २३ गतेसम्म च्याम्पियनसिप आयोजना भएको थियो । नेपाल सेपाकताक्रो संघका कोषाध्यक्ष संगिन थापा मगरका अनुसार नेपाली टोलीले मिक्स इभेन्टमा स्वर्ण पदक जितेको हो । नेपालले यो इभेन्टमा सहभागी […]
September 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]
September 7, 2024
सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]
September 7, 2024
पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]
September 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई बधाई दिएका छन् । टोलीलाई खुमल्टारस्थित आफ्नै निवासमा भेट गरी पूर्व प्रधानमन्त्री दाहालले बधाइ दिएका हुन् । दाहालले आफू प्रधानमन्त्री हुँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिएको बताउदै पलेशाको सफलताले […]
September 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- शान्ति धिमालले‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि जितेकी छन् ।हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रवार आयोजित प्रतियोगितामा शतप्रतिशत जितसहित शान्तिले उपाधि जितेकी हुन्। स्वीस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधान, त्यसपछि इशा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गर्दै […]
September 6, 2024
पोखरा (हाम्रो खेलकुद)– आफ्नो मुख्य स्पाइकरद्धय सरस्वती चौधरी र निरुता ठगुन्नाविनै कोर्टमा उत्रिएको विभागीय नेपाल एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको महिलातर्फ च्याम्पियन बनेको छ । एपिएफले शुक्रबार भएको फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदला […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ । लामाको प्रशिक्षणमा तेक्वान्दोकी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । पलेशाले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । लामालाई प्रशिक्षक नियुक्त गर्न […]