default_image

अन्य

April 8, 2022

निरुपा च्याम्पियन , साग स्वर्णधारी सुनिता पराजित

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी निरुपा तामाङले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ६८ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेकी छन् । सो तौल समूहमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सुनिता महर्जन भने सेमिफाइनलमा पराजित भएकी छन् । सुनितालाई सेमिफाइनल पराजित गर्दै अघि बढेकी एपिएफकी डाएना ओझाले […]

April 8, 2022

पुलिसकी सोनीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी सोनी राईले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छन् । योसँगै पुलिसको स्वर्ण पदक संख्या ६ पुगेको छ । ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार प्रदेश १ की विद्याकला राईलाई ८–६ ले हराउँदै सोनी च्याम्पियन बनेकी […]

April 8, 2022

सन्तोष दिलाए बागमतीलाई पहिलो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– बागमती प्रदेशका सन्तोष श्रेष्ठले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार विभागिय टोलीको दबदबाकाबीच सन्तोषले बागमतीका लागि पहिलो स्वर्ण पदक जितेका हुन् । सन्तोषले फाइनलमा सुदूरपश्चिमका रोशन भाटलाई १०–२ ले हराएका हुन् । […]

April 8, 2022

सागकी स्वर्ण विजेता अनुपमा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता एपिएफकी अनुपमा मगरले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी छन् । ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार त्रिभुवन आर्मी क्लबको सनी तामाङलाई १०–६ ले हराउँदै च्याम्पियन बनेकी थिइन् […]

April 8, 2022

गंगारामको जित, पुलिसको ५ स्वर्ण पुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता गंगाराम कुसुवाले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ७५ केजीमा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार गंगाराम बागमती प्रदेशका रोशन बलामीलाई १२–४ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । दुई वर्ष अघि […]

April 8, 2022

१३ औं सागका स्वर्णधारी बिप्लव च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता नेपाल पुलिस क्लबका बिप्लवलाल श्रेष्ठ प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ८४ केजीमाथिको तौल च्याम्पियन बनेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार बिप्लवले बागमती प्रदेशका आशिष थापालाई ६–२ ले हराउँदै स्वर्ण पदक जितेका हुन् । दुई […]

April 7, 2022

रोजन च्याम्पियन, साग पदकधारी दिवस पराजित

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ८४ केजी मूनिको तौल समूहमा प्रदेश एकका रोजन खड्का च्याम्पियन बनेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठ समावेश भएको तौल समूहमा रोजनले विभागिय खेलाडीको दबदबालाई तोडेका छन् । प्रतिस्पर्धात्मक फाइनलमा रोजनले त्रिभुवन आर्मी क्लबका सरेश जाप्रेललाई पराजित […]

April 7, 2022

किर्गिस क्लबसँग राष्ट्रिय फुटसल टोलीको हार

विस्केक (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टोलीले मैत्रीपूर्ण खेलमा कीर्गिस क्लब डोर्डाेइ डाइनामोसँग हार बेहोरेको छ । नेपालले सुरुवाती अग्रता जोगाउन नसक्दा ३–१ को हार बेहोरेको हो । खेलको छैटौं मिनेटमा विजय श्रेष्ठको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डोर्डोइका अरापोभ कुबातले बराबरी गोल फर्काए । दोस्रो […]

April 7, 2022

प्रिन्स र रशिला च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन् । पुरुष सिंगल्स फाइनलमा प्रिन्सले दीपेश धामीलाई २१–१५ र २१–१३ को सोझो सेटमा पराजित गरे । बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा भएको महिला फाइनलमा रशिलाले निता लम्साललाई सीधा सेटमा २१–१३ र २१–१३ ले […]

April 7, 2022

इमान अन्तर्राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा तेश्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक प्रेम भुजेलले जनाएका छन् । क्योरोगीको सिनियर पुरुष-महिलामा ६–६, जुनियर पुरुष÷महिलामा ७–७ तथा सब जुनियरको पुरुष-महिलामा जम्मा ७ गरी कुल ३३ स्पर्धामा […]

Success

Thank you for your time.