default_image

अन्य

April 12, 2022

एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड – प्रिन्स र राजपुरा उत्कृष्ट

धनगढी (हाम्रो खेलकुद) – व्याडमिन्टनका युवा स्टार तथा जुनियर विश्व वरीयताको शीर्ष खेलाडी प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनीहरू वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह […]

April 12, 2022

प्याट्रिएट्स कप – एडभान्सको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – एडभान्स एकेडेमीले प्याट्रिएट्स कप अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । हिमालयन ह्वाइट हाउस कलेजलाई ७ विकेटले पराजित गर्दै एडभान्सले लगातार दोस्रो जित दर्ता गरेको हो । मुलपानीमा मंगलबार भएको खेलमा १ सय ३० रनको लक्ष्य एडभान्सले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा ग¥यो । एडभान्सको […]

April 12, 2022

बक्सिङ टोलीको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा सहभागी भई ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे । थाइल्यान्डको फुकेटमा अप्रिल १ देखि १० तारिखसम्म भएको प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले प्रतिस्पर्धा गरेका […]

April 12, 2022

एएफसी फुटसल छनोटमा नेपाल जितविहीन

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ । छनोटको अन्तिम खेलमा अफगानिस्तानसँग ८–१ को फराकिलो गोल अन्तरले पराजित भएसँगै नेपाल छनोटमा जित र अंकविहीन बनेको हो । नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले तथा दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो ।किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स […]

April 12, 2022

न्युज २४ लाई मिडिया कप फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको फाइनलमा पत्रकार महासंघको ललितपुर शाखालाई ५–२ ले पराजित गर्दै न्युज २४ ले उपाधि जितेको हो । मंगलबार नै सेमिफाइनलमा न्युज २४ ले पत्रकार महासंघको कास्की शाखालाई ७–२ ले तथा पत्रकार महासंघको ललितपुर […]

April 11, 2022

मिडियाकपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसका अवसरमा आयोजित प्रथम एफएनजे मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । ललितपुरको च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा सोमबार भएको खेलबाट न्युज २४ टेलिभिजन, शिलापत्र, पत्रकार महासंघ कास्की शाखा र पत्रकार महासंघ ललितपुर शाखाले अन्तिम चारमा स्थान पक्का पक्का गरेका हुन् । पहिलो क्वाटरफाइनलमा […]

April 11, 2022

खुला व्यायाम बैशाख ३ मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युथ फिट्नेस तथा केलिस्थेनिक्सको आयोजनामा चौथो राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगिता बैशाख ३ गते हुने भएको छ । प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकका अध्यक्ष सुकदेव कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बार वार्कआउट र सर्किट वार्कआउट गरी दुई समूहमा खेल हुने छ । बारमा ४ […]

April 11, 2022

प्रियान्सुको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – प्रियान्सुसिंह क्षेत्रीले योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको यु–१९ पुरुष सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रियान्शुले अदिश कार्कीलाई २१–१२ र २१–१६ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा हिमाल चन्दले रिसभ राईलाई २१–४ र २१–९, अनिल मल्लले दिपन गायकलाई २१–१३ […]

April 11, 2022

न्यू डायमण्डकी झरनाले अब भलिबल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय टोलीको प्रारम्भिक चरणको प्रशिक्षणमा परिसकेकी घरेलु भलिबलको चर्चित होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी झरना श्रेष्ठले अब भलिबल नखेल्ने निर्णय गरेकी छिन् । पछिल्लो समय उदियमान खेलाडीको रुपमा रहेकी उनले पारिवारिक कारण देखाउँदै अब देखि भलिबल नखेल्ने निर्णयमा पुगेको हाम्रो खेलकुदलाई जानकारी गराइन् । ‘पारिवारिक कारणले नै भलिबल छाड्न लागेकी […]

April 11, 2022

ताजिकिस्तानसँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो । किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कप्लेक्समा सोमबार भएको खेलमा पहिलो हाफमा अग्रता लिदै ताजिकिस्तानलाई बराबरीमा रोकेपनि नेपालले दोस्रो हाफमा रोक्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो । खेलको […]

Success

Thank you for your time.