default_image

अन्य

April 22, 2022

भुवनलाई सूर्य नेपाल च्यालेन्ज उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गतको छैटौं इभेन्ट्स सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबको पार–६८ मा शुक्रबार भएको अन्तिम दिन दुई अन्डर ६६ तथा समग्रमा १३ अन्डर २ सय ५९ स्कोरका साथ उपाधि जित्न सफल भएका हुन् । उनले दोस्रो भएका […]

April 22, 2022

नेपालले एसियाडमा २३ खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चीनको हान्झाउमा भदौ/आसोजनमा आयोजना हुने १९ औं एसियाली खेलकुदमा २३ खेलमा भाग लिने भएको छ । एसियाड भदौ २५ देखि असोज ९ गते सम्म सञ्चालन हुनेछ । युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले एसियाडमा भाग लिने खेल संख्या […]

April 22, 2022

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने भएको छ । युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष महेश्वर गहतराजको अध्यक्ष्तामा शुक्रबार बासेको बोर्ड बैठकले खेल संख्या तय गरेको हो । राष्ट्रिय खेलकुदको नवौं संस्करण जेठ २२ देखि २८ गते सम्म […]

April 22, 2022

राखेप बोर्ड बैठक बस्दै

काठमाडौं (हाम्रो खेलकुद)– तीन वर्ष भन्दा लामो समयपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक शुक्रबार बस्दैछ । लुम्बिनी प्रदेशमा २०७५/०७६ मा आठौं राष्ट्रिय खेलकुद आयोजना हुनु अघि राखेपको १ सय ११ औं बैठकयता अर्को बैठक बस्न सकेको थिएन । युवा तथा खेलकुद मन्त्री महेश्वजंग गहतराजको अध्यक्षतामा बोर्डको १ सय १२ औं बैठक सिंहदरबारस्थित खेलकुद […]

April 21, 2022

मैत्रीपूर्ण फुटबलमा भैरवप्रसाद गण विजयी

डोटी (हाम्रो खेलकुद)– डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणको आयोजनामा बिहीबार भएको मैत्रीपूर्ण खेलमा आयोजक टोली विजयी भएको छ । मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। सिलगढी डोटी स्थित टुडिखेलमा भएको मैत्रीपूर्ण खेलमा भैरव प्रसाद गणले दिपायल सिलगढी नगरपालिकालाई ४–१ ले हराएको थियो । सेना र नागरिक एक अर्काका परिपुरक भएको उल्लेख गर्दै श्री […]

April 21, 2022

सागकी स्वर्ण विजेता मिनु सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ र लुम्बिनी प्रदेशकी माया खत्री गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५१ केजीको सेमिफाइनलमा पुगेका छन् । बसन्तपुर डबलीमा जारी प्रतियोगिताको तेस्रो दिन बिहीबार मिनुले बागमती प्रदेशकी अस्मिता दुवाललाई र मायाले सुदूरपश्चिम प्रदेशकीसोनिया शेठ्ठीलाई पराजित गर्दै […]

April 21, 2022

रोड रेस शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष-महिला खुला र छात्र-छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ४ सय खेलाडीको सहभागिता रहने छ । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः […]

April 20, 2022

दक्षिण एसियाली च्याम्पियनसिपका लागि टेवलटेनिस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकद) – दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपका लागि अखिल नेपाल टेबलटेनिस संघले खेलाडी छनोट गरेको छ । क्याडेट र जुनियरमा गरी जम्मा १० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष ध्रर्ममान वज्रचार्यले जनाएका छन् । क्याडेटको ब्वाइजमा प्रिन्स थापा र उज्ज्वल मानन्धर तथा गल्र्समा इभाना थापा र वियंका राई रहेका छन् […]

April 20, 2022

चन्द्रकला र नाङ्जा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकद) – विभागीय त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा र एपीएफकी नाङ्जा बुढा मगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बसन्तपुर डबलीमा चन्द्रकलाले स्वस्तिका तिरुवा तथा नाङजाले लुम्बिनी प्रदेशकी जानकी थापा मगरलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेकी हुन् । वीर गणेशमान सिंह स्पोर्ट्स […]

April 20, 2022

आर्मीलाई मुख्यमन्त्री कबड्डीको उपाधि

धनगढी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हराउँदै आर्मीले उपाधि जितेको हो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले १ लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एफिएफले ८० […]

Success

Thank you for your time.