June 4, 2022
पोखरा (हाम्रे खेलकुद) – नेपाल भलिबल संघको सातौ पूर्ण बैठकले आगमी दोस्रो साताभित्र जिल्ला भलिबल संघ र प्रादेशिक भलिबल संघको निर्वाचनसँगै अन्य विविध निर्णय गरेको छ । शनिबार पोखरामा बसेको संघको केन्द्रीय कार्यसमितिको सातौ पूर्ण बैठकले जिल्ला र प्रदेशको निर्वाचन असार १० गतेभित्र गरिसक्ने निर्णय गरेको हो । ‘नेपाल भलिबल संघले प्रादेशिक खेलकुद परिषदसँग सहकार्य […]
June 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काभ्रे जिल्ला आईटीएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौं राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् । बनेपामा भएको प्रतियोगिताको फाइनल रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै ट्रफीसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरे । काभ्रे आइटिएफ तेक्वान्दो संघ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा एपीएफका […]
June 4, 2022
एजेन्सी – खेल दौरान चोट बोक्न पुगेपछि तेस्रो वरीयताका जर्मन एलेसान्डर जेभेरेभबाट वाकओभर पाएपछि पाँचौ वरीयताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा शुक्रबार राति भएको खेल दौरान दोस्रो सेटमा लडेर घाइते हुन पुगेपछि जेभेरेभले खेल त्यागेपछि नाडाल उपाधिनजिक पुगेका हुन् । कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७–६ (१०–८) […]
June 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफका गोपी चन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ को उपाधि जितेका छन् । शनिबार बिहान भएको हाफ म्याराथनमा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेकी हुन् । गोपी कान्तिपुर हाप म्याराथनमा दोस्रोपटक तथा राजपुरा पहिलोपटक च्याम्पियन बनेकी हुन् । गोपीले यसअघि २०७२ […]
June 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एकेडेमी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा एकदिने फेन्सिङ खेलबारेको प्रशिक्षण सम्पन्न भएको छ । एनएसजेफ एकेडेमीले ‘नो योर गेम’ अन्तर्गत यसपटक शुक्रबार फेन्सिङ खेलसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा आयोजित प्रशिक्षणमा कुल ३० खेलपत्रकार सहभागी भएका थिए […]
June 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र चारपटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरबीच शुक्रबार भेटघाट भएको छ । सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सब्रिनालाई भेटेका हुन् । सब्रिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आएकी हुन् । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल […]
June 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले नेदरल्यान्ड्समा प्रशिक्षण शुरु गरेकी छिन् । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी चार साता प्रशिक्षणका लागि उनी सोमबार त्यसतर्फ प्रस्थान थिइन् । उनले झन्डै ३५ दिनको प्रशिक्षण नेसनल ट्रेनिङ सेन्टर पापेन्डलमा क्लब सुडोसा डेस्टोबाट लिनेछिन् । कप्तान अरुणाले त्यहाँ […]
June 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध राई र आकार थापाको जोडीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टाले खेल्ने मिक्स स्पर्धामा बुधबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको सोही स्पर्धामा विकेश अधिकारी र गोपाल पौडेलको जोडी दोश्रो तथा अमिता श्रेष्ठ र प्रिता मल्लको जोडी तेश्रो भए । फरक […]
June 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बन्दी सहायता नियोग (पाम) ले चारपटक विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिकमा सहभागिता जनाई सकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरलाई बुधबार सम्मान गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सब्रिनालाई जुडो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको पामले एकलटारस्थित आफ्नै जुडो हलमा सम्मान गरेको हो । अस्ट्रियाकी सब्रिनाले […]
June 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टको उच्च प्रदर्शनमा पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा लगातार तेस्रो जित निकालेको छ । माल्दिभ्सको मालेमा मंगलबार राति भएको खेलमा पुलिसले क्लब हाफ लाइन लिंकेजलाई ३–१ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित आत्मसात गरेको हो । पहिलो सेट २५–८ र […]