June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विजय थापा र कुञ्जन शाहीको जोडीले तेस्रो संस्करणको न्युटन बाग्लुङ कप टु ए साइड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । न्युटन हाइ स्कुलमा आइतबार भएको फाइनलमा विजय र कुञ्जनको जोडीले दिल सुनार र विष्णु बस्नेतको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । विशाल विक र रविन चन्दको जोडीले तेस्रो […]
June 5, 2022
एजेन्सी – पाँचौ वरीयताका स्पेनिस राफयल नाडाल कीर्तिमानी १४औं पटक फ्रेन्च ओपनको च्याम्पियन बनेको छ । आठौं वरीयताका आफ्नै चेला क्यास्पर रुडलाई ३–० को सोझो सेटमा पराजित गदै नाडालले कीर्तिमानी उपाधि जित्न सफल भएका हुन् । पेरिसमा आइतबार राति एकपक्षीय बनेको फाइनलमा क्ले कोर्टका बादशाह नाडालले नर्वेजियन क्यास्पर रुडलाई ६–३, ६–३ र ६–० को सोझो […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टी (एस) को आइतबार बसेको सचिवालयको बैठकले यसअघि सरकारमा रहेका पाँच मन्त्रीलाई फिर्ता बोलाई पाँचै जनाको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएका छन् । समाजवादीका अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पुरुषोत्तम सिलवालले आइतबार नेकोस काठमाडौ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । सहभागी ७१ जना प्रतिस्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्दै सिलवालले उपाधि जितेका हुन् । नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा भएको प्रतियोगिताको उपाधिसँगै सिलवालले ७ खेलबाट ७ अंक बनाउँदै […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ । च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने छ । जी–२ ¥याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र पुरुष गरी २० एवं सिनियरमा महिला पुरुष दुवै गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विभिन्न […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चावहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका १४ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशर गोर्खालीले जनाएका छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्समा गरी जम्मा ३८ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइइजमा १९, जुनियर ब्वाइजमा १२ तथा गल्र्समा ७ टिम […]
June 5, 2022
लमजुङ (हाम्रो खेलकुद) – बेसीशहर नगरपालिकाले लमजुङ सदरमुकाम बेशीशहरमा सञ्चालन भएको संघ, प्रदेश र स्थानिय तहबीचको फुटसल प्रतियोगिताको उपाधि जितेको छ । लमजुङ फुटसलमा आइतबार भएको फाइनलमा बैंकर्स टिम लमजुङलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गर्दै बेसीशहर नगरपालिकाले उपाधि हात पारेको हो । बेसीशहरले पहिलो र दोस्रो हाफमा समान ५ गोल गरेको थियो । […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले जुन तेस्रो साता बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण सिरिजका लागि दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका छन् । प्रशिक्षक विनोद तामाङ, राज टंक र गोपाल क्षेत्रीले आइतबार ३५ सदस्यीय प्रारम्भिक टोलीबाट दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका हुन् । जसमा फरवार्डमा १५ तथा डिफेन्समा […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा जारी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा अपराजित रहन सफल भएको छ । लिगमा लगातार चौथो जित निकाल्ने क्रममा शनिबार राति भएको खेलमा पुलिसले भलिबल योङ न्यु जेनेरेसन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै अपराजित रहन सफल भएको हो । […]