default_image

अन्य

September 13, 2024

कविताले जितिन् पिपल्स च्वाइस अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- भलिबल खेलाडी कविता भट्टले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन्।‌ उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन्। राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४‌‌ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् । […]

September 13, 2024

क्यानका पूर्व अध्यक्ष पाण्डेलाई‌ लाइफ टाइम अचिभमेन्ट अवार्ड 

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० मा शुक्रवार लाइफ टाइम अचिभमेन्ट अवार्डबाट नेपाल‌ क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे सम्मानित भएका छन्।‌ क्यानका संस्थापक मध्ये एक हुन् , पाण्डे। सन् १९६० को दशकमा हुने गरेको मदन मेमोरियल र विष्णु ट्रफी प्रतियोगिता नियमित हुन नसकेपछि एउटा संगठित संघ गठन गर्ने सल्लाह भयो। जहाँ […]

September 13, 2024

पलेशालाई‌ पारा एथलिट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० मा शुक्रवार पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गरेकी छिन्। पछिल्लो समय नेपाललाई पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य दिलाएर चर्चामा रहेकी छिन्। तर यो अवार्ड उनले १९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण प्राप्त गरेकी हुन्। २०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा […]

September 13, 2024

भलिबलका प्रशिक्षक राईलाई स्पेशल अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० मा शुक्रवार भलिबल प्रशिक्षक कुमार राई स्पेशल अवार्डबाट सम्मानित भएका छन्। नेपाली महिला भलिबलको सफलता लोभलाग्दो छ।‌ यो सफलतामा पर्दा पछाडिका नायक हुन, राई।‌ उनले राष्ट्रिय टिमलाई अनि विभागीय टिमको लागि थुप्रै स्टार खेलाडी दिएका छन्। न्यु डायमण्डका तत्कालीन प्राध्यापक राईले स्कुलमा सानो ठाउँमा ठुलो आँट सहित‌ महिला […]

September 13, 2024

भारोत्तोलनका हेमन्त वर्ष युवा खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष युवा खेलाडीको अवार्ड भारोत्तोलनका हेमन्त पालले‌ जितेका छन्। १६ वर्षका युवा जुझारु खेलाडी हेमन्तले भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। नेपाली भारोत्तोलनले एसियन स्तरमा ३८ वर्षपछि एसियन स्तरमा जितेको यो पहिलो कास्य हो। ७३ केजी तौल समूहमा स्न्याचतर्फ ९७ र क्लिन […]

September 13, 2024

कबड्डी पल्सर स्पोर्ट्स अवार्डमा टिम अफ दि इयर घोषित

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत टिम अफ दी इयरको अवार्ड नेपाली राष्ट्रिय महिला कबड्डी टिमले जितेको छ। चीनको हाङचाउमा भएको १९औं एसियाली खेलकुदमा राष्ट्रिय महिला कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको थियो। नेपालको दशक लामो एसियाली खेलकुदको सहभागीतामा नेपालले टिमतर्फ जितेको यो पहिलो पदक थियो। यसअर्थ यो कास्य ऐतिहासिक बनेको हो। अवार्डमा […]

September 12, 2024

नेपालमा पहिलो पटक एआइपिएस एसियाको कंग्रेस आयोजना

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद पत्रकाहरूको छाता संगठन एआइपिएस एसियाको २५औं कंग्रेस काठमाडौंमा बिहीवार सम्पन्न भएको छ। खेलकुद पत्रकारको छाता संगनठन एआइपिएसको एसियाली क्षेत्रको कंग्रेस नेपालमा पहिलो पटक आयोजना भएको हो । कंग्रेसमा ३० राष्ट्रका खेलकुद पत्रकारहरू सहभागी छन् । उद्घाटन सत्रमा एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको र […]

September 12, 2024

पाँचौं ढोरपाटन रनिङ कप असोज तेस्रो साता

सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ अर्काे महिना आयोजना हुने भएको छ । एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतबार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १२ र महिलामा ५ टोलीको सहभागिता रहने क्लबका […]

September 12, 2024

काभा यु २० भलिबलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा अर्को महिना हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ खेलाडीको नेपाली टोली घोषणा भएको छ । नेपाल भलिबल संघले बिहीवार १२ खेलाडीको नाम सार्वजनिक गरेको छ। संघले बन्द प्रशिक्षणमा रहेका १८ मध्ये १२ खेलाडीको अन्तिम छनोट गरेको हो । भदौ ८ गतेबाट बन्द प्रशिक्षण गरिरहेको थियो । च्याम्पियनसिप असोज […]

September 11, 2024

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय नयाँ भवनमा

हिमाल खरेल ,बिर्तामोड प्रदेश खेलकुद विकास बोर्ड कोशीको कार्यालय नयाँ भवनमा स्थानान्तरण गरिएको छ । आज खेलकुद विकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले कार्यालयको उद्घाटन गरेका हुन् । मन्त्री राईले भवन उद्घाटन गर्दै बोर्डका सदस्य सचिव […]

Success

Thank you for your time.