May 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि हुने छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली मंगलबार युएइको सारजाह प्रस्थान गर्दैछन् । जेठ १२ गते हुने प्रतियोगिताको के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि रामबहादुर अधिकारी र महिला ४७ केजीमुनि रञ्जना धामीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । […]
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जेठ ८ अर्थात भलिबल दिवस आज देशैभर विविध कार्यक्रम गरि मनाइएको छ । सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि सोही दिनलाई भलिबल दिवसको रुपमा देशैभर मनाउँदै आइरहेको छ । तत्कालिन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले मन्त्रीपरिषदबाट २०७४ साल […]
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पूर्ण शर्माको टोलीले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–एम उपाधि जितेको छ । आइतबार गोकर्ण गल्फ क्लबमा भएको खेलमा प्रो पूर्णमा एमेच्योर महेन्द्र फगामी, समीर आचार्य र कश्मिरा शाहको टोलीले १५३ अंक जोड्दै उपाधि जितेको हो । प्रो पूर्णले ४४, महेन्द्रले ३८, समीरले ३६ र कश्मिराले ३५ अंक जोडेका थिए । […]
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको ईस्तानबुलमा भएको आईबा वल्र्ड बक्सिङ्ख च्यािम्पयनशिपमा प्रतिस्पर्धापछि सात सदस्यीय टोली नेपाल फर्केको छ । ७३ देशका ३१० महिला खेलाडीहरुको सहभागिता रहेको उक्त नेपाली टोलीमा ४८ केजी तौल समुहमा सुस्मा तामाङले मंगोलियन खेलाडीलाई बलियो चुनौती पेश गरेपनि अघिल्लो चरण प्रवेश गर्न सकेनन् । ५२ केजी तौल समूहमा १३औ सागका स्वर्णपदक विजेता […]
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणकी स्वर्णधारी भारोत्तोलनकी स्व. सन्जु चौधरीको १३ औं दिनको पुण्य तिथिमा आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा श्रद्धाञ्जली सभा आयोजना गरियो । सागको भारोत्तोलनमा नेपाललाई स्वर्ण दिलाउने स्व. सन्जु एक मात्र नेपाली महिला खेलाडी हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका […]
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विशाल मिलन केन्द्र (बीएमके) ले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ । सानागाउँस्थित आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा बीएमकेले अघिल्ला दुवै संस्करणको विजेता आयोजक रोयललाई ८२–७८ ले पराजित ग¥यो । बीएमकेका दिप्सन केसीले सानदार प्रदर्शन गर्दै ४३ स्कोर गरे । त्यस्तै इक्याब मेरिलियोन जिम्नाजियमले टिम […]
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रामेछापका युवराज लामा र मोरङकी स्मृति कोइराला पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय खुला साउन्ड टेबलटेनिस प्रतियोगितामा आइतबार पहिलो भएका छन् । नेपाल दृष्टिविहीन टेबलटेनिस संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा युवराजले ताप्लेजुङका प्रेम लिम्बूलाई ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे । शंखुवासभाका छत्रबहादुर तामाङ र […]
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट स्कुलका आर्यन शाही र नेपाल प्रहरी स्कुलकी शुभश्री श्रेष्ठले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । यु–१२ सिंगल्सको ब्वाइजमा आर्यन र गल्र्समा शुभश्री पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा आर्यनले न्यु होराइजनका सुविन थापालाई ११–५, ८–११, ११–७ र ११–९ […]
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आज जेठ ८ अर्थात भलिबल दिवस । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा आज भलिबल दिवसलाई विविध कार्यक्रम गरेर मनाईदैछ । नेपाल भलिबल संघले कुनै औपचारिक कार्यक्रमको जानकारी नगराएपनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले मैत्रीपूर्ण खेल लगायत, विविध कार्यक्रमको आयोजना गरिने जनाएको छ । यस्तै महिला भलिबलमा छुट्टै पहिचान बनाउन […]
May 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले प्रोफेसनल फाइटमा जित हात पारेका छन् । फेयरटेक्स फाइट प्रोमोसनको आयोजनामा थाइल्यान्डको लुम्पिनी बक्सिङ स्टेडियममा भएको पुरुष ६१ केजीमा गुणराज विजयी भएका हुन् । गुणराजले म्यानमारका माङकोन यतितलाई पराजित गरेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।