default_image

अन्य

May 24, 2022

सानदार प्रदर्शनसँगै निरज शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – करियरकै उत्कृष्ट आठ–अन्डर ६४ को सानदार स्कोरमा निरज तामाङ सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन शीर्षस्थानमा उक्लन सफल भएका छन् । समग्रमा १२–अन्डर १ सय ३२ सहित १३ औं दक्षिण एसियाली खेलकुदका टिम इभेन्ट स्वर्ण विजेता निरजले पहिलो दिनका एमेच्योर लिडर […]

May 24, 2022

एसियाली जुनियर टेनिसमा प्रशंसालाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट– २ मा रजत पदक जितेकी छन् । प्रशंसाले गल्र्स सिंगल्स स्पर्धामा रजत जितेकी हुन् । कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको फाइनलमा प्रशंसा रुसकी एलेक्जेन्ड्रासंग ६–२ र ६–३ को सोझो सेटमा पराजित भइन् । सर्किट– १ […]

May 24, 2022

अन्तर्राष्ट्रिय कराते सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते संघको आयोजनामा १३ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । विभिन्न ४६ स्पर्धा समावेश प्रतियोगिता बिहीबार सम्पन्न हुने […]

May 24, 2022

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्का अष्ट्रिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार अस्ट्रियाको इन्सबक जाँदै छन् । अस्ट्रियन ओपन वल्र्ड ¥याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का त्यसतर्फ जान लागेका हुन् । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने खड्का एक्लो हुन् । प्रतियोगिता मे २८ देखि २९ तारिखसम्म हुने छ । राष्ट्रिय […]

May 24, 2022

टाइम्स र रोयल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज र आयोजक रोयल स्पोर्ट्स सेन्ट्रल जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । टाइम्सले विशाल मिलन केन्द्र (वीएमके) लाई ८७–६५ ले पराजित ग¥यो । टाइम्सको जितमा श्रेयश शाहले २० अंक योगदान गरे । रवि पौडेलको २१ अंक सहयोगमा अघिल्ला दुवै संस्करणको विजेता रोयलले […]

May 24, 2022

नीति तथा कार्यक्रम – फाप्ला क्रिकेट मैदानको निर्माण सुरु गरिने

काठमाडौं (हाम्रो खेलकुद)– सरकारले क्रिकेटका दुई महत्वपूर्ण योजनालाई आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेटेको छ । धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान आर्थिक अभावका कारण निर्माणमा रोकिएको थियो । उक्त रंगशाला निमार्णको बाँकी कामलाई टुङ्गोमा पुर्याउन नेपाल सरकारले समन्वय र सहजीकरण गर्ने बताइएको छ । संघीय संसदका दुवै […]

May 24, 2022

नवौं पुनः सर्‍यो, अब असोज–कार्तिकमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः सरेको छ । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै अब नवौं असोज र कार्तिकमा हुने जानकारी गराएको छ । मन्त्रालयका अनुसार अब नवौं राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कार्तिकसम्म हुनेछ । यसअघि मन्त्री परिषदको निर्णयले नै २२ देखि […]

May 23, 2022

पहिलो दिन एमेच्योर वाङ्चेनको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर वाङ्चेन धोन्डुपले सूर्य नेपाल गल्फ टुर २०२१–२२ को सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन अग्रता लिन सफल भएका छन् । गोकर्ण गल्फ क्लबमा सोमबार भएको पहिलो दिन वाङ्चेनले सात अन्डर ६५ को कार्डसहित भुवन नगरकोटी, रवि खड्का र निरज तामाङमाथि तीन स्ट्रोकको अग्रता लिन सफल भएका […]

May 23, 2022

बोधित र वियंकालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – सुनसरीका बोधित डिसी र एपीएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । जुनियर सिंगल्सको ब्वाइजमा बोधित र गल्र्समा वियंका पहिलो भएका हुन् । स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा बोधितले एपीएफका रुविन महर्जनलाई ११–६, ११–९ र ११–६ को सोझो सेटमा पराजित गरे । […]

May 23, 2022

दुर्गामानको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजीमुनि तौलसमूह दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुने । राजाराम सिलवाल दोश्रो भए । राष्ट्रिय पारा भारोत्तोलन खेलकुद […]

Success

Thank you for your time.