June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ । च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने छ । जी–२ ¥याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र पुरुष गरी २० एवं सिनियरमा महिला पुरुष दुवै गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विभिन्न […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चावहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका १४ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशर गोर्खालीले जनाएका छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्समा गरी जम्मा ३८ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइइजमा १९, जुनियर ब्वाइजमा १२ तथा गल्र्समा ७ टिम […]
June 5, 2022
लमजुङ (हाम्रो खेलकुद) – बेसीशहर नगरपालिकाले लमजुङ सदरमुकाम बेशीशहरमा सञ्चालन भएको संघ, प्रदेश र स्थानिय तहबीचको फुटसल प्रतियोगिताको उपाधि जितेको छ । लमजुङ फुटसलमा आइतबार भएको फाइनलमा बैंकर्स टिम लमजुङलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गर्दै बेसीशहर नगरपालिकाले उपाधि हात पारेको हो । बेसीशहरले पहिलो र दोस्रो हाफमा समान ५ गोल गरेको थियो । […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले जुन तेस्रो साता बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण सिरिजका लागि दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका छन् । प्रशिक्षक विनोद तामाङ, राज टंक र गोपाल क्षेत्रीले आइतबार ३५ सदस्यीय प्रारम्भिक टोलीबाट दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका हुन् । जसमा फरवार्डमा १५ तथा डिफेन्समा […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा जारी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा अपराजित रहन सफल भएको छ । लिगमा लगातार चौथो जित निकाल्ने क्रममा शनिबार राति भएको खेलमा पुलिसले भलिबल योङ न्यु जेनेरेसन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै अपराजित रहन सफल भएको हो । […]
June 4, 2022
पोखरा (हाम्रे खेलकुद) – नेपाल भलिबल संघको सातौ पूर्ण बैठकले आगमी दोस्रो साताभित्र जिल्ला भलिबल संघ र प्रादेशिक भलिबल संघको निर्वाचनसँगै अन्य विविध निर्णय गरेको छ । शनिबार पोखरामा बसेको संघको केन्द्रीय कार्यसमितिको सातौ पूर्ण बैठकले जिल्ला र प्रदेशको निर्वाचन असार १० गतेभित्र गरिसक्ने निर्णय गरेको हो । ‘नेपाल भलिबल संघले प्रादेशिक खेलकुद परिषदसँग सहकार्य […]
June 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काभ्रे जिल्ला आईटीएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौं राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् । बनेपामा भएको प्रतियोगिताको फाइनल रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै ट्रफीसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरे । काभ्रे आइटिएफ तेक्वान्दो संघ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा एपीएफका […]
June 4, 2022
एजेन्सी – खेल दौरान चोट बोक्न पुगेपछि तेस्रो वरीयताका जर्मन एलेसान्डर जेभेरेभबाट वाकओभर पाएपछि पाँचौ वरीयताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा शुक्रबार राति भएको खेल दौरान दोस्रो सेटमा लडेर घाइते हुन पुगेपछि जेभेरेभले खेल त्यागेपछि नाडाल उपाधिनजिक पुगेका हुन् । कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७–६ (१०–८) […]
June 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफका गोपी चन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ को उपाधि जितेका छन् । शनिबार बिहान भएको हाफ म्याराथनमा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेकी हुन् । गोपी कान्तिपुर हाप म्याराथनमा दोस्रोपटक तथा राजपुरा पहिलोपटक च्याम्पियन बनेकी हुन् । गोपीले यसअघि २०७२ […]