default_image

अन्य

June 7, 2022

बीएनएको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । जुनियर ब्वाइजमा बीएनएले स्किब्सलाई २९–६ ले पराजित ग¥यो । बीएनएको जितमा एलेक्स गुरुङले ११ अंक योगदान गरे । सिनियर ब्वाइजमा सन्देश खड्काको १६ अंक सहयोगमा बीएनएले युनिभर्सिटीलाई ३५–१७ ले हरायो । एचएचसीएले […]

June 7, 2022

एसियन गेम्सको बन्द प्रशिक्षण शुरु

काठमाडौं (हाम्रो खेलकुद) – चीनमा आयोजना हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुद (एसियाड) का लागि नेपालले सहभागिता जनाउने भनिएको सबै २३ खेलको बन्द प्रशिक्षण आज (मंगलबार) देखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एसियाडमा सहभागी हुने सबै २३ खेलको बन्द प्रशिक्षणको संयुक्त रुपमा उद्घाटन गरे । पहिलो चरणको प्रशिक्षण […]

June 7, 2022

माल्दिभ्समा कामनाको टोलीको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा जारी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को सेमिफाइनल मा हार बेहोरेको छ । लिगमा लगातार चौथो जित निकालेर अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको पुलिस क्लब वाम्कोसँग ३–२ को सेटमा हार भोगेको हो । माल्दिभ्सको मालेमा सोमबार राति भएको प्रतिस्पर्धात्मक र […]

June 6, 2022

पारा जुडोले विश्व वातावरण दिवस मनायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघले विविध कार्यक्रम गरी विश्व वातावरण दिवस सोमबार मनाएको छ । सो अवसरमा संघका पदाधिकारी, पारा जुडो खेलाडी, सगरमाथाको सफल आरोहण गरिसकेकी चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडाकी डा.सब्रिना (अस्ट्रिया) लगायतले बहिरा विद्यालय, नक्सालको बानेश्वरमा रहेको होस्टेल हाताको सरसफाइ गर्नुका साथै वृक्षा रोपण गरेको नेपाल […]

June 6, 2022

गुणराजलाई बधाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले प्रोफेसनल फेयर टेक्स फाइटमा सफलता हात पारेका मुवाँथाई खेलाडी गुणराज रुचाललाई सोमबार भेट गरी बधाई दिएका छन् । त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी सदस्य–सचिव घिसिङले गुणराजलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले गुणराजलाई सफलताका लागि बधाइ […]

June 6, 2022

पायसले एसियन फेन्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पायस योन्जनले दक्षिण कोरियाको सिओलमा आयोजना हुने एसियन फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । १० देखि १५ जुनसम्म आयोजना हुने फेन्सिङ च्याम्पियनसिपमा पायसले साब्रे विधामा प्रतिस्पर्धा गर्नेछन् । यस खेलको नतिजाले ओलम्पिक वरीयतामा समेत मद्दत गर्नेछ । पायस ओलम्पिक स्कलरसिप होल्डरसमेत हुन् । उनी आज (सोमबार) नै त्यसतर्फ प्रस्थान गर्दैछ […]

June 5, 2022

विजय र कुञ्जनको जोडीलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विजय थापा र कुञ्जन शाहीको जोडीले तेस्रो संस्करणको न्युटन बाग्लुङ कप टु ए साइड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । न्युटन हाइ स्कुलमा आइतबार भएको फाइनलमा विजय र कुञ्जनको जोडीले दिल सुनार र विष्णु बस्नेतको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । विशाल विक र रविन चन्दको जोडीले तेस्रो […]

June 5, 2022

नाडाल कीर्तिमानी १४औं पटक फ्रेन्च ओपन च्याम्पियन

एजेन्सी – पाँचौ वरीयताका स्पेनिस राफयल नाडाल कीर्तिमानी १४औं पटक फ्रेन्च ओपनको च्याम्पियन बनेको छ । आठौं वरीयताका आफ्नै चेला क्यास्पर रुडलाई ३–० को सोझो सेटमा पराजित गदै नाडालले कीर्तिमानी उपाधि जित्न सफल भएका हुन् । पेरिसमा आइतबार राति एकपक्षीय बनेको फाइनलमा क्ले कोर्टका बादशाह नाडालले नर्वेजियन क्यास्पर रुडलाई ६–३, ६–३ र ६–० को सोझो […]

June 5, 2022

एनओसीका अध्यक्ष श्रेष्ठ पर्यटन मन्त्री बन्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टी (एस) को आइतबार बसेको सचिवालयको बैठकले यसअघि सरकारमा रहेका पाँच मन्त्रीलाई फिर्ता बोलाई पाँचै जनाको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएका छन् । समाजवादीका अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) […]

June 5, 2022

पुरुषोत्तमलाई चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पुरुषोत्तम सिलवालले आइतबार नेकोस काठमाडौ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । सहभागी ७१ जना प्रतिस्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्दै सिलवालले उपाधि जितेका हुन् । नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा भएको प्रतियोगिताको उपाधिसँगै सिलवालले ७ खेलबाट ७ अंक बनाउँदै […]

Success

Thank you for your time.