default_image

अन्य

September 15, 2024

दशौंमा दश इभेन्ट, चाहना आउटरिच म्यानेजर

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ । प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड असोज ३ गते राति आयोजना गरेर ‘दशौंमा दश इभेन्ट’ सुरु हुने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । त्यसैगरी रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गते शनिवारदेखि हरेक शनिवार […]

September 15, 2024

पोखरामा पलेशा नगदसहित सम्मानित

पोखरा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिकमा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धन पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। पोखरा रगंशालामा आइतवार कार्यक्रमको आयोजना गर्दै पोखरा महानगरले पलेशालाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित सम्मान गरेको हो। महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र लामालाई सम्मान गरेको हो।त्यस्तै गण्डकी प्रदेशको […]

September 15, 2024

पुलिस उज्वेकिस्तानको क्लबसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले माल्दिभ्समा सुरु हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा पहिलो खेल आज रहेको छ । पुलिसले उज्वेकिस्तानको हुमो क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो । च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय […]

September 14, 2024

प्रदेशस्तरीय ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुरमा जारी पहिलो संस्करणको कोशी प्रदेशस्तरीय पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । भद्रपुरको मेची रंगशालाको कभर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो ।आइतवार बिहान सेमिफाइल र दिउँसो फाइनल हुनेछ । आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार खेल खुला डबल्स […]

September 14, 2024

बुल्गेरियाकी एन्ड्रियाले काठमाडौं स्पाइकर्सबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- बुल्गेरियाकी सेटर एन्ड्रिया त्सभेतानोभा काठमाडौं स्पाइकर्सबाट वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। काठमाडौंले एन्ड्रियालाई अनुबन्ध गरेको जनाएको छ।बुल्गेरियन लिगसहित शीर्षस्तरका लिग‌ खेलेकी २४ वर्षीया एन्ड्रियाले बुल्गेरियन कप जितेको काठमाडौंले जनाएको छ। काठमाडौंको‌ मार्की खेलाडीमा राष्ट्रिय महिला भलिबल टोलीकी उषा भण्डारी रहेकी छिन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का भलिबलका मुख्य प्रशिक्षक […]

September 14, 2024

बुद्धिचाल ओलम्पियाडमा विवेकको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद )- युरोपको हंगेरी स्थित बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक खुल्ला बुद्धिचाल दोश्रो चरणको खेलमा पनि नेपाली विवेक थिङले राम्रो प्रदर्शन गरेका छन्। विवेकले हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी बाकी बेन्सलाई हराएका छन्। ४५ औं ओलम्पियाडमा विवेकको‌ यो दोस्रो जित हो। विवेकले दुई चरणको खेलमा शतप्रतिशत नतिजा निकाल्दै स्पर्धामा अगाडि रहन सफल भएका छन् […]

September 14, 2024

राष्ट्रपति पौडेलद्वारा अवार्ड आयोजनाका लागि मञ्चलाई बधाई

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रका उत्कृष्ट खेलाडीलाई २ दशक देखि निरन्तर सम्मान गरेर राम्रो परम्परा स्थापित गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद पत्रकार मञ्चलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलले सम्मानका लागि हुने अवार्ड आयोजनामा आफ्नो साथ र शुभकामना संधै रहने बताए । एसियाका खेल पत्रकारको संगठन एआइपिएस एसियाको २५ औं कंग्रेसका‌ सहभागीलाई शनिवार आफ्नै […]

September 13, 2024

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड – एरिका र रोहित वर्ष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले शुक्रवार आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औं एसियाली खेलकुद ( एसियाड)मा रजत […]

September 13, 2024

क्रिकेट टोलीका कप्तान रोहित वर्ष उत्कृष्ट पुरूष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड जितेका छन्। रोहितको कप्तानीमा नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुन सफल रह्यो। उनको प्रेरणादायी नेतृत्वमा नेपालले वर्ष २०८० मा पहिलो पटक एसिया कप खेल्यो। उनको कप्तानीमा नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्यो। रोहित टि […]

September 13, 2024

एसियाड पदक विजेता एरिका वर्ष उत्कृष्ट महिला खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरूङले‌ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन्। एरिकाले चीनको हाङचाउमा गत वर्ष भएको १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। उनले ६८ केजी तौल समुहमा नेपालको लागि रजत पदक हात पारेकी हुन्। एसियाली खेलकुदमा नेपालको लागि व्यक्तिगततर्फ रजत जित्ने उनी दोस्रो खेलाडी […]

Success

Thank you for your time.