default_image

अन्य

June 17, 2022

आईटीएफ एसिया टेनिस – भारत दुवैमा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – भारत नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा शुक्रबार पहिलो भएको छ । भारत ब्वाइज-गल्र्स दुवैमा पहिलो भएको हो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–१ ले पराजित ग¥यो । श्रीलंकाले बंगलादेशलाई ३–० ले हराउदै तेश्रो भयो । नेपाल टेनिस संघद्वारा आयोजित […]

June 17, 2022

रुस भमण उपलब्धिमुलक – खेलकुद मन्त्री गहतराज

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् । रुस सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री गहतराजसहितको बक्सिङ टोली शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गहतले भ्रमण पूर्ण रुपमा उपलब्धिमुलक भएको प्रतिक्रिया दिए […]

June 17, 2022

सानियालाई दुवईमा दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी सानिया चन्दले संयुक्त अरब इमिरेट्स (युएईं) दुवईमा सम्पन्न दुवईं स्कुल गेम्स अन्तरगत ब्याडमिन्टन च्याम्पियनसिपमा दोहोरो स्वर्णपदक जित्न सफल भएकी छिन् । सानियाले यू–१७ गल्स एकलमा तथा यू–१७ गल्स युगलमा स्वर्णपदक जित्न सफल भएकी हुन् । यू–१७ गल्स डबल्समा सानियाले तवैयासँग मिलेर उपाधि जितेकी हुन् । यू–१५ ब्वाइज एकलमा साहिल चन्द […]

June 17, 2022

ओलम्पियन संघले ओलम्पियन पुनर्मिलनसँगै ५ कार्यक्रम गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन एसोसिएसन (एनओए) ले ओलम्पिक दिवस २०२२ को अवसरमा हालसम्म नेपालबाट ओलम्पिक खेलेका खेलाडीहरुको पुनर्मिलनसँगै ५ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । एसोसिएसनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओलम्पिक दिवसको अवसरमा असार ५ गतेदेखि ९ गतेसम्म विविध ५ कार्यक्रम हुने जानकारी गराएको छ । […]

June 16, 2022

क्रिकेटको प्रतिभा खोजी

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट बिभागले ‘टयालेन्ट हन्ट’ (प्रतिभाको खोजी) मार्फत देशभरीबाट क्रिकेट खेलाडी छनौटको सुरुआत गरेको छ । सोही कार्यक्रम अन्तर्गत बिहिबार प्रदेश १ मोरङको बिराटनगरबाट विभागले ‘अन्डर १८ ईमर्जिङ स्टार क्रिकेट टुर्नामेन्ट २०७९’ औपचारिक सुरुआत गरेको हो । मदन भण्डारी स्मृति दिवसको अवसरमा सुरु भएको उक्त कार्यक्रमको मदन भण्डारी […]

June 16, 2022

उदीयमान खेलाडीको टेबलटेनिस प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा उदीयमान खेलाडीलाई लक्षित गरी नेसनल होप्स विक एन्ड च्यालेन्ज नामक प्रशिक्षण शुक्रबारदेखि सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक कार्यक्रम अनुसार हुन लागेको प्रशिक्षणमा १७ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक ध्रममान वज्राचार्यले जनाएका छन् । यु–१२ […]

June 16, 2022

अमृत र अमिर सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अमृत थापा मगर र अमिर ब्लोनसँगै अरहन्त सिंह र दीपक थापा ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको दोस्रो दिन क्वाटरफाइनलमा अरहन्तले विनोद शाक्यलाई ११–२, ११–६ र ११–३, अमृतले दिव्य वज्राचार्यलाई ११–४, ११–३ र ११–२, दीपकले उमित शाक्यलाई […]

June 16, 2022

नेपाल छनोट हुन असफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा छनोट हुन असफल भएको छ । काजाकिस्तानमा हुने फाइनल प्रतियोगिताका लागि नेपालीको ब्वाइज÷गल्र्स दुवै टोली छनोट हुन असफल भएको हो । प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन । चालू संस्करणसहित नेपाल […]

June 16, 2022

सुवास र प्रतिमाको अग्रता यथावत

काठमाडौं (हाम्रो खेलकुद) – सुवास तामाङ र प्रतिमा शेर्पा ओलम्पिक दिवस २०२२ को उपलक्ष्यमा आयोजना गरेको राष्ट्रिय गल्फ च्याम्पियनसिपको फाइनल राउण्डमा पुग्न सफल भएका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) को दोहोरो स्वर्णपदक विजेता तामाङले राष्ट्रिय टोलीका सदस्य सद्भाव आचार्यमाथि ७ अण्डर ६५ को स्कोर बनाएर ९ स्ट्रोकको अग्रता लिएका छन् । सद्भावले बिहीबार […]

June 15, 2022

रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रसियाको भ्रमणमा रहेका मन्त्री गहतराजले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षिय कार्ययोजनामामा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । भ्रमणको दोस्रो दिन मन्त्री गहतराजसहितको प्रतिनिधि मण्डल र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग […]

Success

Thank you for your time.