default_image

अन्य

June 21, 2022

स्केटबोर्डमा समिर र पेम्बा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – समिर विल्सन सुनार र पेम्बा श्रेष्ठ पाँचौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । सिनियरको पुरुषमा समिर र महिलामा पेम्बाले उपाधि जितेका हुन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पोखरा रंगशालाको अन्नपूर्ण स्केट पार्कमा भएको प्रतियोगिताको पुरुषमा धीरज परियार दोश्रो तथा बसन्त राई तेश्रो भए । महिलामा समिक्षा […]

June 21, 2022

एन्जिलालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी एन्जिला डंगोलले २१ औं मिलो खुला कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् ।एन्जिलाले महिला ३५ केजीमुनि स्वर्ण जितेको नेपाल सोतोकान कराते संघले जनाएको छ । पुरुष ३० केजीमा विवेक राई तथा एकल कातामा कृष्णकुमार मानन्धरले कांस्य जिते । नेपाल सोतोकान कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले प्रतियोगितामा निर्णायकको […]

June 21, 2022

बीसीसी र केसीटीसी सफल

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा मंगलबार सफलता हात पारेका छन् । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा बीसीसीले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ३८ रनले पराजित ग¥यो । बीसीसीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ […]

June 21, 2022

महर्जन कोरिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – करातेका निर्णायक महेश महर्जन १४औं कोरिया खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका लागि बुधबार दक्षिण कोरियाको बुसान जाने भएका छन् । जुन २३ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बुसान जान लागेको महर्जनले जनाएका छन् । महर्जन मानसिंह शाखा डोजोका प्रमुख प्रशिक्षक हुन् । महर्जनलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले […]

June 21, 2022

राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो […]

June 21, 2022

रग्बी सिरिजमा नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज अन्तर्गतको पहिलो रग्वी सेभेन खेलमा नेपाल पराजित भएको छ । बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धामा नेपाल बंगलादेशसँग २०–० को फराकिलो अन्तरले पराजित भएको हो । खेलमा नेपाल पहिलो र दोस्रो हाफमा समान १० स्कोरले पछि परेको थियो । बंगलादेशले खेलमा कुल ४ वटा ट्राई हान्न सफल […]

June 20, 2022

पोखरामा स्केट बोर्ड सुरु

पोखरा (हाम्रो खेलकुद) – नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता पोखरा रंगशालाको अन्नपूर्ण स्केटपार्कमा सोमबारदेखि सुरु भएको छ । प्रतियोगितामा विभिन्न जिल्लाका करिब १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेको संघका अध्यक्ष अच्युत खनालले जनाएका छन् । प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियरतर्फ छात्र-छात्राको पहिलो चरणको खेलहरु सम्पन्न भएको […]

June 20, 2022

आयोजक नेक्ससको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस क्रिकेट एकेडेमीले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ सोमबार विजयी सुरुआत गरेको छ । मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेक्ससले ओसिस् क्रिकेट एकेडेमीलाई ९१ रनको फराकिलो अन्तरले पराजित ग¥यो । पहिले ब्याटिङ रोजेको नेक्ससले निर्धारित २० ओभरमा २ विकेट क्षतिमा १६० रनको योगफल खडा ग¥यो । नेक्ससका लागि […]

June 20, 2022

सुजन र स्लिशा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका सुजन राना मगर र स्लिशा रायमाझी ओलम्पिक दिवसका अवसरमा आयोजित सुटिङ प्रतियोगितामा सोमबार पहिलो भएका छन् । व्यक्तिगत १० मिटर एयर राइफलको पुरुषमा सुजन तथा महिलामा स्लिशा पहिलो भएका हुन् । सुजनले ३९६.६ तथा स्लिशाले ४०६.५ अंक जोडे । पुरुषमा कुमार कार्की दोश्रो तथा नारायण सिंह दोङ तेश्रो भए । […]

June 20, 2022

डुंगा प्रतियोगितामा चन्द्र र जीवन पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी र जीवन माझी प्रथम खुला डुंगा प्रतियोगिताको सिंगल्समा पहिलो भएका छन् । उनीहरुले निर्धारित १२० मिटर दूरी १ मिनेट २२ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । नेपाल माझी उत्थान संघ, रामेछापका जनक माझी र बुद्धिमान माझी (१ मिनेट ३२ सेकेन्ड) दोश्रो तथा नेपाल […]

Success

Thank you for your time.