default_image

अन्य

June 29, 2022

काठमाडौं महानगरपालिका च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका ११ औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा बुधबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश खेलकुदमा काठमाडौं १४ स्वर्ण, १० रजत र १४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ११ रजत र ११ कांसयसहित गोकर्णेश्वर नगरपालिका दोश्रो […]

June 29, 2022

कार्की मोरोक्को प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको कार्यकारी समिति बैठकका लागि इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको नेपालबाट निर्वाचित कार्यसमिति सदस्य राजकुमार कार्की मोरोक्को राजधानी रबाट प्रस्थान गरेका छन् । उनलाई नेपाल स्कूल फेडेरेसनका संस्थापक अध्यक्ष प्रदिप जोशी र उपाध्यक्ष मोहनकुमार कार्कीले बिदाई गरे । उनले यसै बैठकमा २०२२–२०२६ का लागि इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको टेक्निकल […]

June 29, 2022

गोल्डेनगेटको विजयी सरुआत

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेटले यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको समूह चरणको खेलमा गोल्डेनगेटले बलर्स एकेडेमीलाई ८८–४८ ले पराजित ग¥यो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले आईएसए नेपाललाई ६८–४० तथा रोयलले मेरिलियोनलाई ६१–४८ ले हराए । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का […]

June 29, 2022

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप झापामा हुने

हिमाल खरेल, बिर्तामोड ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा यही असार १८ गते शनिबार हुने भएको हो । प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिँदै संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगितामा विभिन्न […]

June 29, 2022

नेपाल ईस्पोर्टस् च्याम्पियनसिप अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ईस्पोर्टस् संघको आयोजनामा तेस्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप यसै महिना आयोजना हुने भएको छ । पहिलो र दोश्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २३ देखि २५ असारसम्म हुने जानकारी गराएको हो । छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल ईस्पोर्टस् नेपालमा पनि पछिल्लो […]

June 29, 2022

एपिएफ र पुलिस एक खेल अगावै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बुधबार भएको खेलमा एपिएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान […]

June 28, 2022

कालिका र कुवरवर्तीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कालिका र कुवरवर्ती स्कुलले राष्ट्रव्यापी खेलकुदअन्तर्गत खुला प्लस २ कलेजस्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । कालिका ब्वाइज तथा कुवरवर्ती गल्र्समा पहिलो बने । बुटवलस्थित सिद्देश्वर लालकुमारी माविमा भएको फाइनलमा कालिकाले उजुरसिंह माविलाई २–१ को सेटमा पराजित ग¥यो । दीप बोर्डिङ स्कुल तेश्रो तथा कुवरवर्ती चौथो भए । मदन […]

June 28, 2022

तेक्वान्दो टोलीले भारतमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरुले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगता असार १७ देखि १९ गतेसम्म हुने छ । जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङले मङगलबार सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित विदाइ ग¥यो । नेपाल तेक्वान्दो […]

June 28, 2022

दीपक बने ‘र्‍याली अफ चाम्बा’ को च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा’ को एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् । १६ देखि १९ जुन सम्म आयोजित प्रतियोगितामा दीपक नेपालबाट एक्लो प्रतिस्पर्धी थिए । रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर ¥यालीमा भाग लिएका साहले उक्त क्याटगोरीमा पहिलो स्थान हासिल गरेका […]

June 28, 2022

बक्सिङका भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ । छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ अवसरमा उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्रसहित अवार्ड प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । अवार्डको लागि खेलाडी छनोट समितिले यसपटक भट्टराईलाई सम्मान गर्ने निर्णय गरेको हो । पत्रकार […]

Success

Thank you for your time.