July 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । दक्षिण कोरियाको छुनछुनमा भएको प्रतियोगिताको ३० वर्षमाथि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले रजत जितेका हुन् । प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन […]
July 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल खेलाडीद्धय नवयुग श्रेष्ठ र भरत खवास अमेरिकाको बाल्टिमोरमा सम्मानित भएका छन् । मेरिल्याण्डको स्टेट १० का डेलिगेट डाक्टर जे जेलेसीले सम्मान गरेका हुन् । अमेरिकाको बाल्टिमोरमा हुन लागेको एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि भरत र नवयुग बिहिबार अमेरिका पुगेका हुन् । प्रतियोगिताको आयोजक मेरिल्याण्ड एथ्लेटिक क्लबले आयोजना गरेको […]
July 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिता अर्काे महिना आयोजना हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने जानकारी गराए । प्रतियोगितामा विभिन्न ७ विधा समावेश गरिएको छ । जसमा पुरुष डबल्स […]
June 30, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार हुने छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । यसपटक ७ विधामा अवार्ड प्रदान गरिने र अवार्डको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । वर्ष २०७८ को खेल आधारमा मनोनयनमा परेका ३ मध्ये […]
June 30, 2022
धनगढी (हाम्रो खेलकुद) – मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याडमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याडमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको हो । सुदूरपश्चिम प्रदेश ब्याडमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारीले उद्घाटन गरे । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य […]
June 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी स्कुल (एनपीएस) ले बाग्मती टच रग्बी प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । प्रहरीको दुवै ब्वाइज – गल्र्स टोली उपाधि चुम्न सफल भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ब्वाइज फाइनलमा प्रहरीले प्रारम्भलाई ३–१ ले पराजित ग¥यो । फेरिल्यान्ड तेश्रो भयो । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा नेपाल रग्बी […]
June 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आर्सिया समूहको आयोजना तथा रोयल नेपाल गल्फ क्लबको संयोजनमा पहिलो महिला खुल्ला गल्फ प्रतियोगिता आउदो शनिबार आयोजना हुने भएको छ । आयोजकले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक दिने प्रतियोगिता शनिबार रोयल नेपाल गल्फ क्लबमा हुने जानकारी गराएको छ । महिला क्याप्टेन आर्शिया बानु, गल्फर प्रतिमा शेर्पा र मिडिया पर्सन […]
June 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा १ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सन्जु महर्जनले जनाएकी छन् । ७१ औं मदन जयन्तीका अवसरमा हुन लागेको प्रतियोगितामा पुरुषमा २ र महिलामा १ गरी ३ स्पर्धामा […]
June 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुरले राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ । पहिलो खेलमा बुधबार कीर्तिपुरले आईएस नेपाललाई पराजित गरेको थियो । कीर्तिपुरको नयाँ बजारस्थित घरेलु कोर्टमा कीर्तिपुरले गोल्डेनगेटलाई ७९–६४ ले पराजित ग¥यो । कीर्तिपुरका पारस योञ्जनले २२ अंक जोडे । गोल्डेनगेटका अभिषेक सिंहले १४ स्कोर गरे । […]
June 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बिहीबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस अपराजित रहन सफल […]