default_image

अन्य

July 21, 2022

उमेशले जिते रजतपदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली शारिरीक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि बुधबार रजत पदक जित्न सफल भएका छन् । माल्दिभ्समा भइरहेको ५४औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तरगत ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए । ८ खेलाडी सहभागि सो स्पर्धामा भारतका […]

July 21, 2022

नेपालले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नुपर्छ – मन्त्री गहतराज

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ ले नेपालले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नुपर्ने बताएका छन् । १९औं एशियाली खेलकुदको पहिलो चरणको प्रशिक्षण पुरा गरेका खेलाडीहरुका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका अवसरमा मन्त्री गहतराजले यस्तो बताएका हुन् । ‘एशियाली खेलकुदलाई तयारी गर्न अझै एक बर्षभन्दा बढी समय छ यो […]

July 20, 2022

बनेपामा अर्काे महिना राष्ट्रिय फुल कन्ट्याक्ट कराते हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल केनशिनकान कराते संघको आयोजनामा अर्काे महिना बनेपामा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता ४ भदौंमा हुने जानकारी गराएको हो । प्रतियोगितमा पुरुष ३५ केजीमुनि, ४५ केजीमुनि, ५५ केजीमुनि, महिलातर्फ ३५ केजीमुनि, ५० केजीमुनि र खुल्ला तौल समूह गरि […]

July 20, 2022

सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा हुने ३५औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । बिहीबार थाइल्यान्ड प्रस्थान गर्ने १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाई गरे । पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, विजय महतो, विपिन थनेत र राजीव कलाखेती रहेका […]

July 20, 2022

सदस्य–सचिव घिसिङ र कतारी राजदूत हेलबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार भेटवार्ता भएको छ । भेटवार्ता त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङको कार्यकक्षमा भएको हो । भेटका अवसरमा सदस्य–सचिव घिसिङले राजदूत युसुफ खेलकुद प्रेमी भएको थाहाँ पाउँदा खुशी लागेको बताउदै कतारमा हुने विश्व कपको पूर्व सन्ध्यामा […]

July 20, 2022

नवौं राष्ट्रिय खेलकुदका लागि १४ उपसमिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोजमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि १४ वटा विषयगत उपसमिति गठन गरेको छ । १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरका छन् । नवौं राष्ट्रिय खेलकुद आसोज २८ देखि ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा […]

July 19, 2022

विनय पन्त स्मृति कप भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौंको आयोजनामा स्व. बिनय पन्त स्मृति कप फोर ए साइड पुरुष भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता यही साउनको १९, २० र २१ गते नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा हुने जानकारी गराएको छ । प्रतियोगितामा एक टोलीमा राष्ट्रिय टोली तथा विभागीय टोलीको […]

July 19, 2022

मोर्डन इन्डियन स्कुलको फुटबल टोली डेनमार्क जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– डेनमार्कको हजोरिङमा हुने दाना कप २०२२ युवा फुटबल प्रतियोगितको यू १६ मा मोर्डन इन्डियन स्कुलले भाग लिने भएको छ । प्रतियोगिता साउनको ९ देखि १५ सम्म आयोजना हुने टोलीका प्रबन्धक नरेश रावलले जानकारी दिए । लिग कम नकआउटका आधारमा झण्डै एक साता चल्ने प्रतियोगितामा विभिन्न देशका ९३ टोलीको सहभागिता रहने बताएइको छ […]

July 19, 2022

अन्नपूर्ण ब्रसेल्स र एनएसजेएफबीच मैत्रीपूर्ण फुटसल

काठमाडौं (हाम्रो खेलकुद) – अन्नपूर्ण ब्रसेल्स क्लब नेपाल बेल्जियम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको मैत्रीपूर्ण खेलमा पत्रकार मन्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित गरेको छ । खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । मन्चको […]

July 18, 2022

पीजीटीआई खेल्न शुक्रलाई गल्फ परिवारको साथ

काठमाडौं (हाम्रो खेलकुद) – भारतको व्यावसायिक गल्फ टुर, प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) मा सहभागिता जनाइरहेका नेपालका नम्बर १ प्रो शुक्रबहादुर राईलाई नेपालका गल्फ प्रवर्द्धकहरुले आर्थिक सहयोग गरेका छन् । सोमबार एक कार्यक्रममाझ १३ व्यक्ति एवं संस्थाको तर्फबाट संकलित आठ लाख रुपैयाँ शुक्रलाई हस्तान्तरण गरिएको हो । शुक्रले आगामी एक वर्ष पीजीटीआई खेल्न र […]

Success

Thank you for your time.