default_image

अन्य

August 1, 2022

विष्टको संयोजकत्वमा मस्यौदा समिति

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा ३ सदस्यीय आर्थिक विनियम मस्यौदा समिति गठन गरिएको छ । समितिका सदस्यमा आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा र खेलकुद विकास विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् । विष्ट नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका छन् ।

August 1, 2022

छानविन समितिले प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – नारायणी रंगशाला जग्गा मुआब्जा एवम् सट्टापट्टा छानविन उपसमितीले सोमबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङसमक्ष प्रतिवेदन बुझाएको छ । समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजाराले सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएका हुन् । राखेपले नारायणी रंगशाला भित्र आफ्नो जग्गा परेको भनि विभिन्न ब्यक्तिहरुले उक्त जग्गाको उचित […]

August 1, 2022

अजर र रिद्धिसँगै गोपाल, विनायकको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – अजर केशर सिंह र रिद्धि शाक्यसँगै गोपाल थापा, विनायक श्रेष्ठ र राज श्रेष्ठले चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फ विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको पहिलो दिनको प्रतिस्पर्धामा अजरले दिव्य बज्राचार्यलाई तथा रिद्धिले सद्या प्रधानंगलाई ३–० को सोझो सेटमा पराजि तगर्दै विजयी सुरुवात […]

August 1, 2022

सुजनसहित खेलाडीको कारवाही नै अन्योलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले पछिल्लो बैठकबाट गण्डकी प्रदेश सेटर सुजन चोखालसहित तीन खेलाडीमाथि गर्ने भनेको कारवाहीको विषय अन्योलमा परेको छ । नेपाल भलिबल संघको गत साउन ५ गते बसेको आठौं पूर्ण बैठकमा गण्डकी प्रदेशका सेटर सुजन चोखाललाई १ वर्षको तथा हेल्प नेपाल स्पोर्ट्स क्लबका भारतीय स्पाइकरद्वय विनित कुमार र रोहित कुमारलाई एक […]

August 1, 2022

सर्वाधिक सफल खेलाडी दीपकलाई सर्वकालीन सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तिगत खेलमा सर्वाधिक पदक जित्ने खेलाडी हुन् तेक्वान्दोका दीपक विष्ट । उनै दीपकलाई हाम्रो खेलकुद डटकमले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ । सर्वकालिन सम्मान प्राप्त गर्ने सातमध्ये ४ खेलाडीको नाम भने यसअघि नै सर्वजनिक भइसकेको छ । जसमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता […]

August 1, 2022

धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण मंसिर ३ मा

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथन घरेलु एथलेटिक्सको स्थापित नाम भइसकेको छ । त्यहि नेपालगन्ज म्याराथनको आठौं संस्करण यसपटक मंसिर ३ गते आयोजना हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी सुरु भएको आयोजक नेपालगन्ज […]

August 1, 2022

मन्जिता र बलरामलाई पावर लिफ्टिङ उपाधि

बुटवल (हाम्रो खेलकुद)– निबोध एरोबिक एण्ड जिमकी मन्जिता राजभण्डारी र रोयल आइरन जिनका बलराम डुम्रेले रुपन्देही जिल्ला स्तरिय पावर लिफ्टिङ प्रतियोगिताको उपाधि जितेका छन् । रूपन्देही पावरलिफ्टिङ्ग संघको आयोजना तथा रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ र रूपन्देही जिल्ला व्यायाम तथा फिट्नेश व्यवसायी संघको सहकार्यमा शनिबार भएको प्रतियोगिताको उता महिलातर्फ ५७ केजी भन्दा कम […]

July 31, 2022

नवौ राष्ट्रिय खेलकुद– खेलाडीलाई दैनिक २ हजार भत्ता

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदमा भाग लिने खेलाडी र अफिसियलले भत्ता स्वरुण दैनिक २ हजार रुपैयाँ पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको अध्यक्षतामा आइतबार बसेको राखेपको १ सय १३ औं बोर्ड बैठकले सो निर्णय गरेको हो । बैठकले राखेपको आर्थिक वर्ष २०७९/८० […]

July 31, 2022

छनोट हुने पहिलो ओलम्पियन संगिनालाई सर्वकालीन सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– व्यक्तिगत स्पर्धामा तेक्वान्दो नेपालको सफल खेलमा पर्दछ । अहिले सम्म दुई जना खेलाडीले छनोट चरण पार गरेर ओलम्पिक खेलेका छन् । त्यसमध्येको पहिलो खेलाडी हुन् संगिना वैद्य । उनै संगिनालाई हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सर्वकालीन सम्मान प्रदान गर्दैछ । सात जानलाई प्रदान गरिने सर्वकालीन सम्मानका लागि पहिलो अन्तर्राष्ट्रिय पदक […]

July 30, 2022

पूर्व चौकी गाउँपालिकालाई भैरव ट्रफी फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व चौकी गाउँपालिकाले भैरव ट्रफी २०७९ फुटबल उपाधि जितेको छ । डोटीको भैरव प्रसाद गण सिलगढी ब्यारकले आयोजना गरेको भैरव ट्रफीको शनिबार फाइनलमा डोटी उद्योग वाणिज्य संघलाई १–० ले हराउँदै पूर्व चौधी गाउँपालिकाले उपाधि जितेको थियो । विकास खत्रीले गरेको गोल फाइनलको निर्णायक बनेको थियो । विजेता टोलीले उपाधिसहित २० हजार […]

Success

Thank you for your time.