default_image

अन्य

August 3, 2022

विनय पन्त स्मृति कप पार्क भलिबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – स्व. बिनय पन्त स्मृति कप पार्क पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक किङ्स क्लब काठमाडौंले बिहीबारदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । साउन १९ देखि २१ ग्तेसम्म हुने प्रतियोगिताको आयोजकले बुधबार खेल तालिका सार्वजनिक गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा […]

August 3, 2022

बर्तौला सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघ, देउराली डोजोले राष्ट्रिय खेलकुद परिषद्का सदस्य जनक बर्तौलालाई बुधबार सम्मान गरेको छ । बर्तौला देउराली डोजोका उपाध्यक्ष हुन् । नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, डोजोका अध्यक्ष राजेश जोशी र डोजोका प्रमुख प्रशिक्षक समेत रहेका १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण […]

August 3, 2022

शारीरिक सुगठनका पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश वावु श्रेष्ठले गत साता सम्पन्न ५४औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेको छ । संघका अध्यक्ष श्रेष्ठले व्यक्तिगत रुपमा ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता उमेश राईलाई १ लाख ५० हजार रुपैयाँले तथा फिटनेस […]

August 3, 2022

ट्रिटनलाई क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ट्रिटन इन्टरनेसनल कलेजले इन्टरेक्ट च्यारिटी खुला टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसंगै ट्रिटनले ५० हजार नगद पुरस्कार पायो । हात्तीवनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा भएको फाइनलमा ट्रिटनले जेएमडीलाई २५ रनले पराजित ग¥यो । ट्रिटनले निर्धारित १० ओभरमा ११५ रन जोडेको थियो । जेएमडी ९० रनमा समेटियो । ट्रिटनका दीपेन्द्रसिंह […]

August 3, 2022

रग्बी टोली जकार्ता जाने

काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुन १२ महिला खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको जकार्ता प्रस्थान गर्दैछ । खेलाडीहरुमा एलिसा थापा (कप्तान), सिर्जना राई (उप कप्तान), पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनीषा थापा मगर, अप्सरा कार्की, विशाका राई, सर्मिला राई र अपना पौडेल रहेका छन् […]

August 3, 2022

केन्द्र र प्रदेशको ऐन बाझिँदा कार्यान्वयनमा समस्या

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल बिना नै ऐन बन्दा, प्रदेश र केन्द्रबीचको ऐन बाझिँदा त्यसको कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा बुधबार आयोजित स्पोटर््स डाइलगको पहिलो शृंखलामा सदस्यसचिव घिसिङले उक्त प्रतिक्रिया दिएका हुन् […]

August 3, 2022

अरहान्त र अमृत सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अरहान्त केशर सिंह र अमृत थापामगरसँगै अमिर ब्लोन र दीपक थापा चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा बुधबार दोहोरो जित निकाल्दै अरहान्तले अन्तिम चारको यात्रा तय गरेको हो । प्रि–क्वाटरफाइनलमा आभान श्रेष्ठलाई ३–० को सोझो सेटमा हराएको अरहान्तले […]

August 3, 2022

गौरिकालाई हाम्रो खेलकुद सर्वकालीन सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक पदक विजेता पौडी खेलाडी गौरिका सिंहलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ । हाम्रो खेलकुदको सातौं वार्षिकोत्सवका अवसरमा बिहीबार सम्मान गर्न लागिएको हो । आ आफ्नो समयमा खेलकुदलाई विशेष योगदान पुर्याउने सात […]

August 2, 2022

अमृत र अमिरको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – अमृत थापा मगर र अमिर ब्लोनले चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फ विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा मंगलबार अमृतले राज श्रेष्ठलाई ११–१, ११–० र ११–४ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै अमिर ब्लोनले विनायक श्रेष्ठलाई ११–३, ११–५ र […]

August 2, 2022

भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै मास्केले भदौ २२ गते हुने संघको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी हुन् । यसपटकको निर्वाचनका लागि औपचारिक उम्मेदावरी घोषणा गर्ने उनी संघको पहिलो पदाधिकारी हुन् । उनले दुई वर्षअघि नै अध्यक्षमा उम्मेदवारी दिने […]

Success

Thank you for your time.