September 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेल अगावै फाइनल पुगेको छ । खेलेका सबै ४ खेल जितेर ११ अंक जोड्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । बिहीवार माल्दिभ्सको घरेलु टोली वाम्कोलाई पुलिसले ३-२ को सेटमा पराजित गरेको हो । रोमान्चक पहिलो सेट पुलिसले २१–२५ ले […]
September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रयास मञ्च नेपालले खेलकुद क्षेत्रबाट प्राप्त गरेको उपलब्धि तथा खेलकुदको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीवार सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले आयोजना गरेको बुद्धवीर लामा तेह्रौं गीतिमय सांगीतिक साँझका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । पूर्व धावक गीतकार लामा गत असारमा बंगलादेशको ढाकामा […]
September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पाँचौं मिष्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको शव श्रद्धाञ्जलीका लागि शुक्रवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को परिसरमा राखिने भएको छ। काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सुरेश सुवेदीले श्रद्धाञ्जलीको लागि राईको शव दिउँसो २:३० बजेदेखि राखेप परिसरमा राखिने छ जानकारी दिए। संघले राईलाई श्रद्धाञ्जली दिन शारीरिक सुगठन […]
September 19, 2024
हेटौंडा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ। हेटाैंडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो। पलेशालाई १० लाख, एरिकालाई […]
September 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लिग चरणको आफ्नो चौथो खेल माल्दिभ्सको वाम्को क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने खेल नेपाली समय अनुसार बेलुका ८ः४५ बजे सुरु हुनेछ। पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स र तेस्रो खेलमा ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान […]
September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को टोली ललितपुर क्विन्सले शनिवार ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्ने भएको छ । जावलाखेल स्थित जावलाखेल भलिबल तालिम केन्द्रमा अपरान्ह १२ बजे देखि ट्यालेन्ट हन्ट सुरु हुने छ । क्लबका मुख्य प्रशिक्षक उत्सव खड्का लगायत व्यवस्थापकीय टोलीले उक्त कार्यक्रम बाट एक जना उत्कृष्ट खेलाडी छनोट गर्ने छ । छनोट […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एनसेलले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनसहित सहभागी ५ सदस्यीय टोलीलाई बुधवार नगदसहित सम्मानित गरेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी) नेपालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा एनसेलले पलेशालाई १० लाख, प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख, अर्का तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पौडी संघको आयोजनामा यसै महिना तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा असोज १३ र १४ गतेप्रतियोगिता सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा काठमाडौंमा आयोजना हुने महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असोज १८ र १९ गते हुने प्रतियोगितामा पुरुष तर्फ १४ तथा महिला तर्फ ८ टोलीले भाग लिने बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधवार नगदसहित सम्मान गरेको छ । पलेशालाई १ लाख ३८ हजार रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । पलेशाका पप्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार रुपैयाँ तथा पेरिस पारालिम्पिकमै सहभागी […]