August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली वरिष्ठ अम्पायर उदय अर्याल जापानमा अर्काे सातादेखि आयोजना हुने विश्व ब्याडमिन्टन च्याम्पियनका लागि लाइन जजको भुमिका निर्वाह गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । उनी बुधबार जापान प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ र खेतान स्पोर्ट्स फाउण्डेशनका अध्यक्ष विकास खेतानले खादा लगाएर बिदाई […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघअन्तर्गतको राष्ट्रिय रेफ्री कमिसनको आयोजनामा नवौं राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षा हेटौंडामा बुधबारदेखि सुरु भएको छ । सेमिनारमा २ सय भन्दा बढीको सहभागिता रहेको बताइएको छ । सेमिनारको औपचारिक उद्घाटन भने बिहीबार मात्र हुने छ । सेमिनारका लागि दक्षिण एसियाली कराते महासंघका अध्यक्ष एचएम सिसिरा कुमारा बिहीबार नेपाल आउदै […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा कल्याण पाण्डे प्रथम राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता भदौ १७ गतेदेखि हुने भएको छ । प्रतियोगिताको जुनियर र क्याडेटमा गरी ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ । जुनियर-क्याडेटको पुरुष-महिलामा २–२ स्पर्धा समावेश छन् । प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका प्रथम […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ब्राइट होराइजन नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राइट होराइजनले जेनिथलाई ५८–३२ ले पराजित ग¥यो । सोही स्पर्धामा ग्रिनल्यान्डले रेडिअन्तलाई ४६–३० तथा महामञ्जुश्रीले आयोजक ग्रिनफिल्डलाई ३५–३३ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । जुनियर ब्वाइजमा ग्रिनफिल्ड ‘ए’ ले महामञ्जुश्रीलाई १४–८, एन्जल्स हार्टले ग्रिनफिल्ड ‘बी’ […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अंक ले पराजित ग¥यो । जितसंगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुश सिंहले ४४ अंक जोडे । पहिलो क्वाटरमा २६–२९ ले पछि परेको आर्मी बाँकीमा […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेमोनिक र बुद्ध ऐकडेमी पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको प्रतिस्पर्धामा नेमोनिकले युरोलाई ६८–३७ ले हरायो । नेमोनिकको जितमा प्रवेश तामाङले ३८ अंक योगदान गरे । निरन लामाको १७ अंक सहयोगमा बुद्धले प्रिमियरललाई ५३–४२ ले […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एक महिनाअघि मालदिभ्समा आयोजना भएको ५४औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसंग भेटबार्ता गरेका छन् । भेटबार्ता गर्ने खेलाडीहरुमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् । साउन ४ देखि भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको केन्द्रिय समिति ४१ सदस्यीय बन्ने भएको छ । भलिबल संघको निर्वाचन भदौ २२ गतेका लागि तय भइसकेको छ । निर्वाचन समेत रहेको साधारण सभामा संघले ४१ सदस्यीय केन्द्रिय समितिको विधान संसोधनका लागि प्रस्ताव लाने भएको छ । काठमाडौं मंगलबार बसेको संघको नवौ पूर्ण बैठकले २ पदाधिकारी उपाध्यक्ष थप्ने […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर हाइ प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा भएको खेलमा ललितपुरले आईएसए नेपाललाई ५०–२६ ले पराजित ग¥यो । ललितपुरका ममता गुरुङ र अस्मिता थापाले समान १३–१३ अंक जोडे । ललितपुर एक खेल अगावै फाइनलमा पुगेको हो । आईएसए नेपालको लगातार […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सफ्ट टेनिस संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गरी ५ प्रदेश र २ विभागीय टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा एपीएफ क्लब र नेपाल प्रहरी क्लबलाई खेल सामाग्री प्रदान गरिएको हो । विश्व सफ्ट टेनिस […]