default_image

अन्य

August 15, 2022

ग्रिनफिल्डलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनफिल्डले नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो सफलता हात पारेको छ । ग्रिनफिल्डको सिनियर र जुनियर दुवै ब्वाइज टोलीले जित हात पारे । सिनियरमा ग्रिनफिल्डले काठमाडौं भ्यालीलाई ४३–३५ ले पराजित ग¥यो । ग्रिनफिल्डका सशांक कार्कीले १८ अंक जोडे । जुनियरमा अंकित सुनारको ९ अंक सहयोगमा ग्रिनफिल्ड ‘ए’ ले नेरिकलाई […]

August 15, 2022

प्रिमियर र युरो सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रिमियर र युरो पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुलको कोर्टमा प्रिमियरले स्वर्णशिक्षालाई ५१–२१ ले पराजित ग¥यो । प्रिमियरको जितमा प्रणय बासीले १९ अंक योगदान गरे । अभिनव थापाको २० अंक सहयोगमा युरोले न्यु बुद्ध प्रकाशलाई ४२–२८ ले हरायो । […]

August 15, 2022

टाइम्स क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कोर्टमा भएको समूह ‘सी’ को लिग खेलमा टाइम्सले आईएसए नेपाललाई ११०–२९ को फराकिलो अन्तरले हरायो । टाइम्सका सदीश प्रधानले २९ अंक जोडे । टाइम्स क्वाटरफाइनल पुग्ने पहिलो टोली हो । पहिलो दिन कसमस […]

August 15, 2022

रत्नजितलाई अमेरिकामा दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङले अमेरिकामा भएको सोनिक स्मास ब्याडमिन्टन च्याम्पियनसिप २०२२ मा दोहोरो उपाधि जितेका छन् । सिनर्जी ब्याडमिन्टन एकेडेमी फ्रेमन्टमा भएको सोनिक स्मास ब्याडमिन्टन च्याम्पियनसिपमा दोस्रो वरियताका रत्नले पुरुष एकल र मिक्स डबल्समा गरी दोहोरो उपाधि जितेका हुन् । रत्नले पुरुष एकलमा जापानी खेलाडी युता किचुकीलाई तथा मिक्स डबल्समा […]

August 14, 2022

धारा नेपालगन्ज म्याराथन तीन सातापछि सर्यो

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण पूर्व निर्धारित समय भन्दा तीन साता पछि सरेको छ । मंसिर ४ गते हुने निर्वाचनका कारण नेपालगन्ज म्याराथन मंसिर २४ गते आयोजना हुने भएको छ । यसअघि मंसिर ३ गतेका लागि म्याराथन तय भएको थियो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन […]

August 14, 2022

इबीएलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – इडेन ब्रिज एकेडेमी (इबीए) ले नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो सफलता हात पारेको छ । सिनियर ब्वाइजमा इबीएले न्यु जेनिथलाई ३८–१३ तथा जुनियर ब्वाइजमा इबीएले सेबलाई १८–८ ले पराजित ग¥यो ।सिनियर ब्वाइजको अन्य खेलमा ब्राइट होराइजनले ग्रिन लाउन्सलाई ३७–१९ ले पराजित गरेको छ । यस्तै ज्ञाननिकेतनले आयोजक ग्रिन फिल्ड […]

August 14, 2022

पारागन क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पारागन पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा पारागनले आयोजक बौद्धलाई ३८–३७ को साँघुरो अन्तरले पराजित ग¥यो । बौद्धका विकी यादवले १९ अंक जोडे । ब्वाइजमै बुद्ध एकेडेमीले मेनोमिकलाई ६५–२६ तथा स्वर्णशिक्षाले विन्समलाई १८–१४ ले हराउदै क्वाटरफाइनलमा पुगे । […]

August 14, 2022

आर्मी र शंकरदेवको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र शंकरदेप क्याम्पसले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार विजयी सुरुआत गरेका छन् । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयललाई ९१–६३ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले ३५ अंक जोडे । नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमै शंकरदेव क्याम्पसले आयोजक […]

August 14, 2022

एन्फा प्रवक्ता शाहले जिम्मेवारी सम्हाले

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नव नियुक्त प्रवक्ता सुरेश शाहले आइतबारबाट आफ्नो जिम्मेवारी सम्हालेका छन् । एन्फा महासचिव किरण राईले उनलाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रवक्ताको जिम्मेवारीको पत्र हस्तान्तरण गरेका थिए । एन्फाका पूर्व मानार्थ केन्द्रिय सदस्य समेत रहेका शाहलाई साउन १६ गतेको एन्फा कार्यसमितिको दोस्रो बैठकले प्रवक्ता नियुक्त गरेको थियो […]

August 14, 2022

श्रेष्ठलाई करातेको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठले करातेको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव स्तरीय निर्णयबाट श्रेष्ठलाई आइतबार सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । ललिपतुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत श्रेष्ठले अब तालिम तथा प्रशिक्षण विभागमा रहि जिम्मवारी पूरा गर्नुपर्नेछ […]

Success

Thank you for your time.