August 23, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघको आयोजनामा अर्को महिना तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप विश्व वरियता जी २ तथा पहिलो माउन्ट एभेरेष्ट जिसिएस अन्तर्राष्ट्रिय खुला तेक्वान्दो पुम्से च्याम्पियनसिप हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै असोज ६ देखि ९ गते सम्म गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुने जानकारी दिएको छ । संघले […]
August 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल टोलीलाई लि निङले प्रायोजन गरेको छ । नेपाल बास्केटबल संघ तथा खेल पोशाक र सामाग्रीको अन्तर्राष्ट्रिय ब्रान्ड लि निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रा.लि. (सिटिएल) बीच मंगलबार सम्झौता भएको छ । संघका अध्यक्ष भीम गुरुङ र सिटिएलका अध्यक्ष राजन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता […]
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – खुमलटार युवा क्लबको आयोजनामा महा फुटसल मेला भेट्रान्स कप प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता २४ र २५ भदौंमा विनायक स्पोर्ट्स कम्प्लेक्स ढोलाहिटीमा हुनेछ । खेलाडीको उमेर ३५ वर्षभन्दा माथिको हुनुपर्नेछ । टिम दर्ताको समय भदौं २२ सम्म रहेको छ । दर्ता शुल्क ८ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिताको […]
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका पारस भण्डारी मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी बनेका छन् । ग्योरोगीमा कांस्य पदक जितेका पारस च्याम्पियनसिपकै उत्कृष्ट खेलाडी घोषित भएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं पुम्से निर्णायक उपसमितिका संयोजक बब्लु सिवाकोटीले जानकारी दिए । च्याम्पियनसिपको अन्तिम दिन सुप्रिमा बजगाईंले स्वर्ण पदक जितेकी छन् […]
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इडेन ब्रिज एकेडेमी (इबीए) र स्किब्सले १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा इबीएले लालीगुराँसलाई २०–१८ ले पराजित ग¥यो । इबीएको जितमा निखिल शाहीले १४ अंक योगदान गरे । अनुज लिम्बूको ९ अंक सहयोगमा स्किब्सले ग्रिनफिल्डलाई १७–१६ ले हरायो । […]
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक युरो स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ विजयी सुरुआत गरेको छ । हात्तीगौडास्थित घरेलु कोर्टमा सोमबार भएको खेलमा युरोले सेन्ट जोसेफलाई १८–५ ले पराजित ग¥यो । गल्र्समै मोर्डन इन्डियन स्कुल (एमआईएस) ले अक्षरालाई ९–६ तथा काष्ठमण्डपले विल्सन एकेडेमीलाई २०–१६ ले हराए । ब्वाइजमा संस्कृतिले ड्याफोडिललाई १२–११, एमआईएसले काष्ठमण्डपलाई २७–२४, […]
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – हालको नेपाल नम्वर एक महिला लन टेनिस खेलाडी सलोनी तामाङ उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने भएकी छिन् । सेन्ट जेभियर्सबाट १२ कक्षासम्मको अध्ययन पश्चात उनी उच्च शिक्षा अध्ययनको लागि संयुक्त राज्य अमेरिका जाने भएकी हुन् । उनले टेक्सास राज्यस्थित लमार विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएकी छिन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान […]
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को आयोजनामा केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगिता असोज ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष सुन्दरनरसिं जोशीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमा ५ भेट्रान स्पर्धा रहेका छन् । भेट्रान बाहेक सबै स्पर्धामा नगद पुरस्कार […]
August 22, 2022
पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाज लामाचौरले हरितालिका तीजको अवसरमा आयोजना गर्ने लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजकले सोमबार समूह विभाजन गर्दै महिला र पुरुष दुवैतर्फको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक भएको समूह विभाजनअनुसार महिलातर्फ समूह ‘ए’ मा नेपाल पुलिस, गण्डकी र […]
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ‘बाई–अप होल्डिङ कम्पनी’ सँग चीनमा अर्काे वर्ष आयोजना हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका लागि खेल पोशाक प्रायोजन सम्झौता गरेको छ । चीनको हाङझााउमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदैछ । सम्झौतामा एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ र हङकङ–चीनको […]