August 27, 2022
मुस्ताङ (हाम्रो खेलकुद) – टप अफ द वर्ल्ड गल्फ क्लासिकमा श्याम तामाङ र सुष्मा सिंहले क्रमशः पुरुष र महिलातर्फको उपाधि जितेका छन् । शनिबार मुस्ताङ जिल्लाको लोमाङथाङ्स्थित मुस्ताङ गल्फ कोर्षमा भएको प्रतियोगितामा काठमाडौंका श्यामले २२ अंक जोड्दै उपाधि जिते । पोखराका बलराम थापाले २० अंक जोड्दै दोस्रो भए । बेस्ट ग्रसको उपाधि रविन्द्र सैनीले जिते […]
August 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् । दि नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी हुन् । उनी फ्रान्सकै ब्लेन्डिन ल हिरोन्डेलीसँग पछि परिन् […]
August 26, 2022
मुस्ताङ (हाम्रो खेलकुद) – विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्ष उद्घाटन गर्ने लक्ष्यसहित आयोजना हुने टप अफ द वर्ल्ड गल्फ क्लासिकमा ३६ गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार मुस्ताङ जिल्लाको लोमान्थाङस्थित मुस्ताङ गल्फ कोर्षमा हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजकले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै पुरस्कार समेत घोषणा गरेको हो । कोर्ष समुद्री सतहबाट ४ […]
August 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको फुकेट शहरमा अगष्ट १९ देखि २३ सम्म संचालन भएको थाइल्यान्ड ओपन कराते प्रतियोगितामा नेपालका लागि साईमन श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् । उनले १४ वर्ष उमेर समूहको ४५ केजीमुनि स्वर्ण जितेका हुन् । ईचङगु नारायण डोजोका उत्पादन उनको यो पहिले अन्तर्राष्ट्रिय सहभागिता हो । नेपालबाट सहभागी सिनियर पुरुषमा […]
August 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र आयोजक ग्रिनल्यान्ड १५औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले गोल्डेनपिकलाई ३५–२१ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङले १२ अंक योगदान गरे । दिवस भुजेलको २७ अंक सहयोगमा ग्रिनल्यान्डले सेन्ट जोसेफलाई ३९–३० ले हरायो । सोही स्पर्धामा […]
August 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । युरोले बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) लाई २७–१५ ले पराजित ग¥यो । युरोकी साना दीपकले १४ स्कोर गरिन् । गल्र्समै विद्या संस्कारले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ११–७ ले हरायो । विजेताकी प्रीतिशा केसीले ५ अंक जोडिन् […]
August 26, 2022
काठमाडौं (हाम्रो खेलकुद)– बागमती प्रदेशले प्राथमिकतामा राखेका ९ खेलका खेलाडीले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । अर्को महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा प्रदेशको तयारी र योजना सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले स्वर्ण पदक विजेतालाई मासिक […]
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट कबड्डी खेलाडी छनोट भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुषमा आशिष थिङ, सुरज अधिकारी, कुँवेर कार्की, कुशल श्रेष्ठ, सौगात घले, सौगात कार्की, कोशिस गिरी, धवल कुँवर, सुजन गोले, अमृत खत्री, अश्विन श्रेष्ठ र […]
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आठौं फिना विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार पेरुको लिमा प्रस्थान गर्दैछ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य दीपेन्द्र विष्ट र नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । अगष्ट ३० […]
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड माविको आयोजनामा भइरहेको १५ औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सिनियर ब्वाइजमा आयोजक ग्रिनल्यान्डले सेन्ट जोसेफ, भ्याली पब्लिकले गोल्डेनपिक, बीएनएले इबीए तथा एचएचसीएले टीआईए विरुद्ध खेल्ने छन् । जुनियरको क्वाटरफाइनल भ्याली पब्लिक र लालीगुराँस, एन्जल्स हार्ट र ग्रिनफिल्ड, स्किब्स र […]