September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको अध्यक्ष पदका लागि जीतेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । संघका महासचिव रहेका चन्दले आइतबार पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छन् । संघकी उपाध्यक्ष निरोज मास्केले गत महिना औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेकी थिइन् । योसँगै भदौ २२ गतेका लागि तय संघको निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा हुने […]
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको महासचिवमा रोशन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा उम्मेदवारी घोषणा गर्ने उनी दोस्रो हुन् । यसअघि संघका सचिव मनीवर छन्त्यालले महासचिवमा उम्मेदवारी घोषणा गरेका थिए । संघको साधारण सभा भदौ २२ गते हुँदैछ । वर्तमान महासचिव जीतेन्द्रबहादुर चन्दको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा स्वागत मन्तव्य राख्दै श्रेष्ठले […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले आफ्नो खेलाडी तथा अफियिसललाई शनिबार पुरस्कृत गरेको छ । गत साता पोखराको लामाचौरमा सम्पन्न भएको लामाचौर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो स्थान हासिल गरेपछि क्लबले प्रोत्साहन स्वरुप खेलाडी तथा अफिसियललाई नगदसहित पुरस्कृत गरेको हो । पुरानो चोट बल्झिएपछि विश्राममा रहेको प्रतिभा मालीविनाको […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनोज श्रेष्ठले मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । स्वर्ण जित्ने क्रममा मनोजले ४ खेलाडीलाई पराजित गरेका थिए । नेप्लिज तेक्वान्दो एकेडेमीका उत्पादन मनोजले पुरुष ५८ केजीमुनि स्वर्ण जितेको एकेडेमीका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खडकाले जनाएका छन् ।
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । रेडिअन्टले एन्जल्स हार्टलाई ४४–२४ ले पराजित ग¥यो । रेडिअन्टका सागर लामिछानेले १४ अंक जोडे । सिनियर ब्वाइजमै प्राण्जलीले आयोजक केभीकेएसएसलाई ३४–११, लोयल्टीले क्लिन्टनलाई ५८–४ र भ्याली पब्लिकले विन्डीलाई ५६–१८ ले हराउदै प्रिक्वाटरफाइनलमा पुगे । प्राण्जलीका तौसिन अन्सारीले […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल सामाग्री तथा पोशाक उत्पादक केल्मीको नेपालमा आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रा लि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट सम्मानित भएको छ । राखेपले आफ्नो ५९ औं स्थापना दिवसको उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा उत्कृष्ट खेल सामाग्री उत्पादकका रुपमा कामारुलाई सम्मान गरेको हो । प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले सम्मान ग्रहण गरेका थिए । […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख महेश आचार्य र राष्ट्रिय समाचार समितिकी मुना कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारबाट सम्मानित गरेको छ । राखेपको ५९ औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा आचार्य र कार्की सम्मानित भएका हुन् । राखेप उपाध्यक्ष शिव कोइरालाले उनीहरुलाई ट्रफी र नगद हस्तान्तरण गरे […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन र राष्ट्रिय फुटबल टोलीका कप्तान गोलकिपर किरण चेम्जोङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडी सिनियरतर्फ सम्मानित भएका छन् । टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारुले जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडी सम्मान प्राप्त गरेका छन् । गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा […]
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व राष्ट्रिय खेलाडी कल्याण पाण्डे र आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्यले खेल खेली संयुक्त रुपमा उद्घाटन गरे । पुरुषमा ७५ र महिलामा ४० गरी १ सय […]
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट सहभागी हुने टेबल टेनिस खेलाडी छनोट भएका छन् । पुरुष-महिलामा समान ५–५ गरी १० खेलाडी छनोट भएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जानकारी गराए । पुरुषमा सुनिल महर्जन, रितिज जोशी, एलेक्स महर्जन, चन्दन शाही […]