default_image

अन्य

September 22, 2022

बिकास र अनुभवद्वारा राष्ट्रिय किर्तिमान कायम

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नं. १ का बिकास कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान बनाएका छन् । कुमालले ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.०५ सेकेन्डको र अनुभवले १०० मिटर बटरफ्लाईमा ५९ः०० सेकेन्डका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका हुन् । २५ मिटर पुलको छोटो दुरीको प्रतियोगितमा यसअघि […]

September 22, 2022

हिमाल र वियन्कालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा वियन्का पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई […]

September 22, 2022

अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाएकी छन् । नेपालबाट ११, अमेरिका र भारतबाट समान १–१ तथा पाकिस्तानबाट २ रेस्लर सहभागी हुने छन् । […]

September 22, 2022

नेपालगन्ज म्याराथनलाई एम्सको मान्यता

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो । आठौं संस्करणको केहि साता अघि एम्सको म्यान्यता नेपालगन्ज म्याराथनको रुटले पाएको छ । यसपटक मंसिर २४ गते नेपालगन्ज म्याराथन हुदैछ । ‘हिजो बुधबार राति मात्र […]

September 21, 2022

‘उज्ज्वल तारा दौड’ विजेतालाई पोखरा टुर प्याकेज

काठमाडौं (हाम्रो खेलकुद) – उज्ज्वल तारा स्कुल काँडाघारीले विगत ६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’का विजयीलाई यसपाली नगदसँगै पोखरामा सुविधासहितको पुरस्कार दिने घोषणा गरेको छ । हरेक वर्ष दशैंको घटस्थापना अघिको शनिबार आयोजना हुँदै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ ५ किलोमटिर दौड कागेश्वरी मनोहरा नगरपालिका […]

September 21, 2022

कोन्ज्योसोम कप बागमती प्रदेश स्तरीय कराते हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघ, शाखा डोजो भारदेउको आयोजनामा कोन्ज्योसोम कप बागमती प्रदेश स्तरीय कराते प्रतियोगिता असोज १४ गते हुने भएको छ । प्रतियोगितामा विभिन्न १३ जिल्लाका ५ सय ५ खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिलबहादुर घलानले जनाएका छन् । कुमुतेतर्फ पुरुषमा ११ र महिलामा ९ गरी १९ स्पर्धामा खेल […]

September 21, 2022

राजेन्द्र र आनन्द पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – गोड स्पिनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बुधबार पहिलो भएका छन् । पुरुष भेट्रान सिंगल्सको ५० वर्षमाथि राजेन्द्र र ६० वर्षमाथि आनन्द पहिलो भएका हुन् । काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) द्वारा संयुक्त आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनिज पिङपोङ क्लबका कपुर शर्मा […]

September 20, 2022

एलेन र इभानालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम÷एनआरटी खुला टेबल टेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन् । क्याडेट सिंगल्सको ब्वाइजमा एलेन र गल्र्समा इभाना पहिलो भएका हुन् । काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा एलेनले भानुभक्त मेमोरियल स्कुलका उज्ज्वल मानन्धरलाई […]

September 20, 2022

बास्केटबल टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाई गरे । प्रतियोगिता सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ । खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा […]

September 19, 2022

व्यास युवा कपमा भुयङ्गाको जित

तनहुँ (हाम्रो खेलकुद) – तनहुँको व्यास युवा क्लबको आयोजनामा व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता सोमबार सुरु भएको छ । व्यास नगरपालिका–४ को व्यवास युवा क्लबले दमौलीको बीपी वन बाटिकाको मैदानमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा भुयङ्गा युथ क्लब टाइब्रेकरमा विजयी भएको छ । भुयङ्गा र बाराही कलेजबीचको खेलको १–१ को बराबरीपछि […]

Success

Thank you for your time.