October 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा धाविका सुनमाया बुढा एसियाको ट्रेल रनिङ वरियताको शीर्षस्थानमा पुगेकी छिन् । ट्रेल रनिङ एसोसिएसनले जारी गरेको वरियतामा सुनमाया एसियामा महिलातर्फ वरियताको शीर्षस्थानमा पुग्न सफल भएकी हुन् । अन्तर्राष्ट्रिय अल्ट्रामा सुनमाया दि नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धा गर्दै आएकी छिन् । वरियताको दोस्रो स्थानमा चीनकी फुजाओ सियाङ र तेस्रो स्थानमा जापानकी […]
October 10, 2022
पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर आयोनास्थल गण्डकी प्रदेश आइपुगेको छ । सहभागी ६ प्रदेशको राजधानी र ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) को मुख्यालय पुर्याएर ट्रफी अर्को साता उद्घाटन हुने नवौं राष्ट्रिय खेलकुदको आयोजक प्रदेशको राजधानी पोखरा ल्याइएको हो । पोखरामा सोमबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले ट्रफी सार्वजनिक गरेका छन् । […]
October 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य प्रतिभा माली र लिबेरो सलिना श्रेष्ठलाई समेट्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेशको महिलातर्फको भलिबल टोलीको घोषणा भएको छ । माधव केसी संयोजक रहेको तीन सदस्यीय छनोट समितिले नवौंको लागि १२ सदस्यीय टोली घोषणा गरेको हो । छनोट समितिको सदस्यमा प्रशिक्षक कुमार राई र उत्सव […]
October 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पूर्व खेलाडी र खेल पदाधिकारी गरि एक दर्जन मंसिर ४ गते हुने संघिय र प्रदेश सभा सदस्य निर्वाचनमा मैदानमा उत्रेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठदेखि पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी रमेश खरेल संघिय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । […]
October 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथन(नेपाल) र सारमंग देहरादुन म्याराथन(भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवैं विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । सारमंग देहरादुन म्याराथनका […]
October 7, 2022
काठमाडौ (हाम्रो खेलकुद) – नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राईले भारतीय टुर अन्तर्गत पिजिटिआई प्लेयर्स च्याम्पियनसिपमा आठौं भएका छन् । पिजीटीआईमा यो उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । हरियाणास्थित पञ्चकुला गल्फ क्लबमा संचालित भारतीय रुपैयाँ ५० लाखको प्रतियोगिताको चौंथो तथा अन्तिम राउण्डमा शुक्रबार शुक्रले २–अण्डर ७० को कार्ड बनाउँदै ११–अण्डर २ सय ८८ […]
October 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र कोरिया स्पोर्टस प्रेस युनियन (केएसपीयू ) बीच खेलकुद पत्रकारिताको विकास र खेलकुद पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने विषयमा सम्झौता भएको छ । इटलीको रोममा सम्पन्न अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ एआइपीएसको विश्व सम्मेलनको अवसरमा मञ्च केएसपीयुबीच बुधबार सम्झौता भएको मञ्चले जनाएको छ । सम्झौतामा पत्रकार मञ्चका तर्फबाट […]
October 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को कोषाध्यक्षमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पुर्व अध्यक्ष निरञ्जन राजवंशी पुनः विजयी भएका छन् । इटलीको रोममा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपीएस) को ८४औं विश्व सम्मेलनको अवसरमा भएको एसिया महादेशको निर्वाचनमा राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका हुन् । उनको प्रतिद्धन्दी मंगोलियाका चुल्तेन ओड्गोनबाटार […]
October 3, 2022
पोखरा (हाम्रो खेलकुद) – जोर्डन एफसीले बिल तामाङको स्मृतिमा आयोजित सहारा कप एचके २०२२ खुला सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एस्स एफसीलाई हराउँदै जोर्डन एफसीले उपाधि जितेको हो । उपाधि विजेतालाई हङकङ डलर १५ हजार र दोस्रो टोलीले ८ हजार हङकङ डलर प्राप्त गरे । प्रमुख अतिथि बिल तामाङ को श्रीमती […]
October 3, 2022
विराटनगर (हाम्रो खेलकुद) – विराटनगरमा भएको ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’प्रतियोगिताको उपाधि आयोजक–११ ले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा आयोजक–११ ले दमकको दमक–लखन भेट्रान क्लबलाई ३–१ गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो । मध्यान्तर अघि दुवै टोली १–१ गोलको बराबरीमा रहेका थिए । मध्यान्तरपछि आयोजकले खेलको रणनीतिमा केही परिवर्तन […]