default_image

अन्य

September 25, 2024

बागमती खेलकुद मन्त्रालयको खेल विज्ञमा श्रेष्ठ मनोनित

हेटौंडा (हाम्रो खेलकुद )- बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयले दीपक श्रेष्ठलाई खेल विज्ञ मनोनित गरेको छ । मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी ११ निवासी श्रेष्ठलाई आज खेल विज्ञ मनोनित गरेका हुन् । श्रेष्ठलाई बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि संचालन गर्न जिम्मेवारी प्रदान […]

September 25, 2024

इडब्लुभिएल- पहिलो खेल काठमाडौं र ललितपुरबीच हुने

काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो खेलमा काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्स खेल्ने भएका छन् । राष्ट्रिय महिला भलिबल टोलीकी उषा भण्डारी काठमाडौं र सलिना श्रेष्ठ ललितपुरको मार्की खेलाडी हुन्। आयोजक इन्फिनिटी ड्रिम्सले इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने लिगको खेल तालिका […]

September 24, 2024

शिखर इन्स्योरेन्सबाट उषालाई १ लाख, शान्ति र सुमित्रा लाई ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी उषा भण्डारीलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ। नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उषा बेस्ट अपोजिट हिटर पनि घोषित भइन् । त्यस्तै सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भएकी […]

September 24, 2024

काठमाडौं महानगरका वडा १६ र १२ ले फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका वडा नं १६ र वडा नं १२ बीच दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको फाइनल हुने भएको छ । लैनचौर फुटसल मैदानमा मंगलवार भएको सेमिफाइनलमा वडा नं १६ ले वडा नं ६ लाई २-१ ले तथा वडा नं १ ले वडा नं २ लाई २-० ले हराउँदै […]

September 24, 2024

एक वर्षपछि एरिकाको उस्तै भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद)-  एक वर्षमा करातेकी एरिका गुरुङले त्यस्तै भव्य स्वागत पाएकी छिन् । चीनमा आइतवार सम्पन्न २०औं  सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका मंगलवार स्वदेश आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्षकै जस्तो स्वागत पाएकी हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, कराते प्रशिक्षक, खेलाडी, पदाधिकारी , खेलप्रतिले एरिका सहित टोलीलाई […]

September 23, 2024

बद्रीलाल राष्ट्रिय भेट्रान च्याम्पियन

धादिङ (हाम्रो खेलकुद)- ललितपुरका बद्रीलाल नेपालीले छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। उनले उपाधिसंगै ४० हजार रुपैयाँ प्राप्त गरे।  धादिङको थांक्रे गाउँपालिकाले प्रायोजन गरेको प्रतियोगितामा ३ पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल ७ चरणको खेलबाट ६ अंक जोड्दै च्याम्पियन बनेका हुन्। बद्रीलालले २१२४ रेटिङ पर्फोम गर्दै व्यक्तिगत २८ रेटिङ समेत वृद्धि गर्न सफल भए।  […]

September 23, 2024

चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितिशा छनोट

सुशील पन्त क्षेत्री, चितवन एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितिशा महतो छनोट भएकी छन् । भरतपुर २२ को कभर्ड हलमा आज सम्पन्न ट्यालेन्ट हन्टबाट नितिशा चितवन शक्तिका लागि छनोट भएकी हुन् । ट्यालेन्ट हन्टमा चितवनका ३४ भलिबल खेलाडी सहभागी थिए । प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीले उनीहरु […]

September 23, 2024

वडा नं १४ को बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)-  वडा नं १४ दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको क्वाटरफाइनलबाट विदा भएको छ । लैनचौर फुटसल मैदानमा सोमवार वडा नं १६ ले वडा नं १४ लाई टाइब्रेकरमा २-१ ले हराएर सेमिफाइनलमा स्थान बनायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट जितहारको निर्णय गरिएको हो । सो खेलमा […]

September 23, 2024

काभा क्लब च्याम्पियन पुलिस टोलीको भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली सोमवार स्वदेश फर्केको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठ, पुलिस क्लबका खेलाडी लगायतले भव्य स्वागतको गरेका थिए। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित […]

September 23, 2024

काभा क्लब च्याम्पियन पुलिस टोली स्वदेश फर्कंदै

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली आज स्वदेश आइपुग्नेछ । पुलिस टोली सोमवार बिहान १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल भलिबल संघले जानकारी दिएको छ। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल […]

Success

Thank you for your time.