default_image

अन्य

October 15, 2022

सटपुटमा चन्द्रकला र तिलकलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सतर्फको सटपुटमा पुलिसकी चन्द्रकला लामगादे र त्रिभुवन आर्मी क्लबका तिलक विकले स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा शनिबार भएको महिलातर्फ चन्द्रकलाले १२.४० मिटर दुरी थ्रो गर्दै स्वर्ण जितिन् । लुम्विनी प्रदेशकी संगिता अधिकारीले १०.८३ मिटर दुरी थ्रो गर्दै रजत जितिन् । पुलिसकी बसन्ती चौधरीले ९.८६ […]

October 15, 2022

निश्मालाई साइक्लिङ डाउन हिलमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङको महिला डाउन हिलमा त्रिभुवन आर्मी क्लबकी निश्मा श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । पोखराको ड्यामसाइडनजिक रानीबनको ट्रयाकमा शनिबार भएको स्पर्धामा रेश्माले निर्धारित दुरी २ मिनेट २३.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । निश्माले सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली […]

October 15, 2022

नवौं राष्ट्रिय खेलकुद – शिवराजलाई पुरुष १ सय मिटर दौडमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका शिवराज पार्कीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष १ सय मिटर दौडमा स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा शनिबार भएको दौडमा शिवराजले त्रिभुवन आर्मी क्लबका युवराज विकलाई २ मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जित्न सफल भएका हुन् । शिवराजले निर्धारिध दुरी १०.५६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा […]

October 15, 2022

सरस्वतीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला १ सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । सरस्वतीले लुम्विनी प्रदेशकी निशा चौधरीले शनिबार बिहान हिट चरणमा राखेको कीर्तिमानलाई भंग गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । सरस्वतीले निर्धारित दुरी १२.१३ सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न […]

October 15, 2022

आर्मीका मुकेशलाई १५ सय मिटर दौडमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका मुकेश पालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष १५ सय मिटर दौडमा स्वर्ण जितेका छन् । मुकेशले एपिएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन् । अन्तिम ल्यावसम्म दोस्रोमा रहेका मुकेशले सुरुवातमा नागेश्वरसँग पछि र त्यसपछि अजितसँग पछि परेपनि आफ्नो गति बढाउँदै स्वर्ण जित्न सफल भए । […]

October 15, 2022

फुलमतीलाई महिला १५ सय मिटर दौडमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी फुलमती रानाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला १५ सय मिटर दौडमा स्वर्ण जितेकी छिन् । उनले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै उपाधि जितेकी हुन् । फुलमतीले निर्धारित दुरी ४ मिनेट ३८.१९ सेकेन्डमा पूरा गरे । सरस्वतीले ४ मिनेट ४१.०० सेकेन्डमा दुरी […]

October 15, 2022

१० हजार मिटरमा सन्तोषीलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन् । उनले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारी तेस्रो भइन् । उनले निर्धारित दुरी ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डमा पूरा गरिन् […]

October 15, 2022

निशाले हिटमै तोडिन् २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान

पोखरा (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशकी निशा चौधरीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला १ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । पोखरा रंगशालास्थित ट्रयाकमा शनिबार विहान भएको १ सय मिटर दौडको पहिलो हिटमै निशाले कीर्तिमान कायम गरेकी हुन् । उनले १२.१५ सेकेन्डमा दुरी पार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि देवी […]

October 15, 2022

नवौं राष्ट्रिय खेलकुदमा आज १४ खेल सुरु हुँदै

पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा शनिबार १४ खेल सुरु हुँदैछन् । नवौंअन्तर्गतको पुरुष क्रिकेट गत महिना नै काठमाडौंमा सम्पन्न भएको थियो भने केहि खेल उद्घाटन अघि नै सुरु भएका थिए । जसमा महिला क्रिकेट, फेन्सिङ, फुटबल (महिला//पुरुष), भलिबल (महिला/पुरुष), ह्यान्डबल थिए । त्यसमध्ये फेन्सिङ शुक्रबार नै सम्पन्न भइसकेको छ । उपराष्ट्रपति […]

October 14, 2022

ह्यान्डबल – गण्डकी र आर्मी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी प्रदेश पुरुष ह्यान्डबलको फाइनलमा स्थान बनाएको छ । गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनायो । एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल […]

Success

Thank you for your time.