October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा आइतबारको खेलमा त्रिभुवन आर्मी, एपीएफ र लुम्बिनी प्रदेश विजयी भएका छन् । समूह ‘बी’ मा रहेको आर्मीले आइतबार मधेश प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले २५–११, २५–१२ र २५–१६ को सेटमा सहज जित निकालेको हो । विभागीय टिमको अघि मधेश प्रदेशको खेल निकै […]
October 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको महिला क्रसकन्ट्रीमा बागमतीकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छिन् । बागमतीकी मगर १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता हुन् । १५ किलोमिटर दुरीको सो स्पर्धा मगरले १ घण्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन् । त्रिभुवन आर्मी क्लबकी उषा खनालले १ घण्टा १२ मिनेट […]
October 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी हिरामोती थारुले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा स्वर्ण जितेकी छिन् । महिला ४५ केजी तौल समूहमा हिरामोतीले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । एपिएफकी लीला राईले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजीसहित रजत […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक जितेकी छिन् । अस्वस्थताका कारण ४ वटा इभेन्ट छाडेकी गौरिकाले आइतबार १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । जारी पौडीमा उनले पूरा गरेको यो पहिलो इभेन्ट हो । पोखरास्थित फिस्टेल एकेडेमीको पौडी कोर्समा गौरिकाले १ मिनेट ५.५ सेकेन्डको समय […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखोमा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो । पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै […]
October 16, 2022
म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । मधेश प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै बागमती समूह ‘बी’ को विजेता बनेको हो । यो समूहबाट प्रदेश १ समूह उपविजेता बनेको छ । दुई हार बेहोरेको मधेश बाहिरिएको छ । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – टेनिसको ‘टिम इभेन्ट’ तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा आइतबार भएको शारीरिक सुगठनतर्फको ५५ केजी तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाए । ६० केजी समूहमा नेपाल पुलिस क्लबका […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेश, नेपाल आर्मी र नेपाल एपिएफ क्लबले समान ३ स्वर्णपदक जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा १ स्वर्ण […]
October 16, 2022
म्याग्दी (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै नेपाल एपिएफ क्लब नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेर अन्तिम आठमा पुगेको हो । हारका बावजुत आर्मी पनि समूह उपविजेता बन्दै अघिल्लो चरणमा […]