default_image

अन्य

October 17, 2022

आर्मीकी जयरानीले जितिन् नवौंमा दोस्रो स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदमा दोस्रो स्वर्णपदक जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा सोमबार भएको महिला १ सय मिटर हडल्समा स्वर्ण जित्दै उनले नवौंमा आफ्नो स्वर्ण संख्या २ पुर्‍याएकी हुन् । यसअघि उनले ४ सय मिटर हडल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । जयरानीले […]

October 17, 2022

आर्मी ८६ पदकसहित शीर्षस्थानमा

पोखरा (हाम्रो खेलकुद) – पछिल्लो दुई संस्करणको च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लबले गण्डकीको प्रदेशको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत तेस्रो दिनसम्ममा ८६ पदक जित्दै शीर्षस्थानमा रहेको छ । तेस्रो दिन सकिदासम्म विभिन्न खेलको नतिजा आउने क्रम जारी रहँदा आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ कास्यपदक जित्दै कुल ८६ पदकसहित शीर्षस्थानमा कब्जा जमाएको छ […]

October 16, 2022

टेबल टेनिसमा पुलिस र एपिएफलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबल टेनिस प्रतियोगितामा मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी प्रतियोगिताको मिक्स डबल ईभेन्टमा त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै पुुलिसले स्वर्ण जितेको छ । पुलिसले आर्मीलाई ११–७, ५ –११, ८ –११, ११ –५, ९–११ को […]

October 16, 2022

आर्चरी – पार्षदाको कीर्तिमान, गंगा बहादुर रेकर्ड भेट्न १ अंकले चुके

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३० मिटर) विधाको एकल पुरुष र महिलातर्फ फाइनल समिकरण पूरा भएको छ । स्टान्डर्ड एकल पुरुषतर्फ नेपाल पुलिसका नगेन्द्र आचार्य र गण्डकीका दुर्गा घर्ती मगर फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । पहिलो सेमिफाइनलमा पुलिसका नगेन्द्रले गण्डकीका कृष्ण भण्डारीलाई ७–३ सेटमा हराए । यस्तै, दोस्रो सेमिफाइनलमा […]

October 16, 2022

पुरुष भलिबलमा आर्मी, एपीएफ र लुम्बिनी विजयी

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा आइतबारको खेलमा त्रिभुवन आर्मी, एपीएफ र लुम्बिनी प्रदेश विजयी भएका छन् । समूह ‘बी’ मा रहेको आर्मीले आइतबार मधेश प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले २५–११, २५–१२ र २५–१६ को सेटमा सहज जित निकालेको हो । विभागीय टिमको अघि मधेश प्रदेशको खेल निकै […]

October 16, 2022

सागकी स्वर्णधारी लक्ष्मीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको महिला क्रसकन्ट्रीमा बागमतीकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छिन् । बागमतीकी मगर १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता हुन् । १५ किलोमिटर दुरीको सो स्पर्धा मगरले १ घण्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन् । त्रिभुवन आर्मी क्लबकी उषा खनालले १ घण्टा १२ मिनेट […]

October 16, 2022

भारोत्तोलनमा हिरामोतीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी हिरामोती थारुले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा स्वर्ण जितेकी छिन् । महिला ४५ केजी तौल समूहमा हिरामोतीले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । एपिएफकी लीला राईले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजीसहित रजत […]

October 16, 2022

नवौंमा गौरिकालाई पहिलो स्वर्ण

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक जितेकी छिन् । अस्वस्थताका कारण ४ वटा इभेन्ट छाडेकी गौरिकाले आइतबार १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । जारी पौडीमा उनले पूरा गरेको यो पहिलो इभेन्ट हो । पोखरास्थित फिस्टेल एकेडेमीको पौडी कोर्समा गौरिकाले १ मिनेट ५.५ सेकेन्डको समय […]

October 16, 2022

खोखोमा लुम्बिनी हाबी

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखोमा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो । पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै […]

October 16, 2022

महिला भलिबलमा बागमती समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । मधेश प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै बागमती समूह ‘बी’ को विजेता बनेको हो । यो समूहबाट प्रदेश १ समूह उपविजेता बनेको छ । दुई हार बेहोरेको मधेश बाहिरिएको छ । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल […]

Success

Thank you for your time.