default_image

अन्य

October 20, 2022

जुडोमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको जुडो खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लव च्याम्पीयन बनेको छ । आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्यम्पीयन भएको हो । आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ स्वर्ण पदक दिलाए भने पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते । टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ […]

October 20, 2022

टेनिसमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा नेपाली सेना चार स्वर्ण सहित दस पदक जितेर टिम च्याम्पियन बनेको छ । यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्धितीय बन्न सफल भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन […]

October 20, 2022

कबड्डीमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ । बिहीबार पोखरामा सम्पन्न पुरुष फाइनलमा लुम्बिनी प्रदेशलाई ४१–२० ले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ ले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो । प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लव यस्तै महिलातर्फ लुम्बिनी […]

October 20, 2022

सफ्ट टेनिस – मेन्स टिम इभेन्ट्समा प्रदेश १ लाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश १ ले जितेको छ । बिहीवार भएको फाइनल खेलमा प्रदेश नं. १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो । प्रतियोगिताअन्र्तगत पहिलो सेट नेपाल प्रहरीले डबल्समा प्रदेश नं. १ लाई ५–१ , दोस्रो सिंगल्स प्रदेश १ […]

October 20, 2022

आर्मी नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । सुरुवातबाट पदक तालिकामा अग्रता लिएको आर्मी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरि कुल ३ सय ७१ पदकका साथ टिम च्याम्पियन बनेको हो । आर्मी लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । सातौं देखि आर्मी लगातार टिम […]

October 20, 2022

पुरुषमा गण्डकी, महिलामा आर्मीलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका दौरान दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार असोज २८ गते गरिएको अभ्यास खेलको नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको हो । क्रसकन्ट्री, टिम क्रसकन्ट्री र अक्युरेसी विधामा भएका […]

October 20, 2022

आर्मीलाई ४ गुणा ४ सय मिटर रिलेमा दुवै स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्बलले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४ गुणा ४ सय मिटर रिले दौडको महिला र पुरुष दुवै स्पर्धामा स्वर्ण जितेको छ । पोखरा रंगशालामा विहीबार महिलातर्फको ४ गुणा ४ सय मिटरमा आर्मीले दोस्रो स्थानमा दौड पूरा गरेपनि एपिएफ डिस्क्वालीफाइ हुँदा स्वर्ण जितेको हो । एपिएफले पहिलो स्थानमा दौड पूरा गरेपनि […]

October 20, 2022

विपनालाई स्क्वासमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी विपना ब्लोनले नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वासतर्फको महिला एकलमा स्वर्ण जितेकी छिन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा आफ्नै प्रदेशकी र स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा पराजित गर्दै राष्ट्रिय खेलकुदमा विपनाले पहिलो स्वर्ण जितेकी हुन् । सातौ र आठौंमा पनि सहभागिता जनाएकी विपना त्यसबेला भने कास्यमा सीमित बनेकी थिइन् […]

October 20, 2022

निसिमको अर्धकदको शालिक बन्ने, मानार्थ स्वर्ण पदक दिइने

प्रकाश तिमल्सिना, पोखरा नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाडिङमा प्रतिस्पर्धा गर्ने क्रममा आइतबार खसेर मृत्यु भएका त्रिभुवन आर्मी क्लबका निसिम थापाको अर्धकदको शालिक राख्नुको साथै मानार्थ स्वर्ण पदक प्रदान गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डको बुधबार साँझ पोखरामा बसेको बैठकले पोखरा रंगशालाको हाता भित्र निसिमको अर्धकदको शालिक राख्ने निर्णय गरेको राखेपका सदस्य सचिव […]

October 20, 2022

दसौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दसौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने औपचारिक निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बुधबार बसेको बैठकले दसौं कर्णालीमा २०८१ सालमा गर्ने निर्णय भएको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । हरेक पटक आगामी आयोजकको घोषणा गर्दै राखेपले झण्डा हस्तान्तरण गर्ने परम्परा रहँदै […]

Success

Thank you for your time.