default_image

अन्य

November 4, 2022

नेपाल पहिलोपटक विश्व म्याराथनको सुचिमा

नेपालगन्ज (हाम्रो खेलकुद)– आठ बर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगन्ज म्याराथन बिहिबारदेखि विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को अफिसियल क्यालेन्डरमा समावेश गरिएको छ । एम्सले बिहिबार सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्नेक्रममा डिसेम्बर १० तारिख शनिबारका दिन हुने म्याराथनको सुचिमा नेपालगन्ज म्याराथनलाई एम्सको वेभसाइट https://aims-worldrunning.org/calendar.html मा सम्बोधन […]

November 3, 2022

पाँचौं अन्तर्राष्ट्रिय ट्राइ एड्भेन्चर मंसिर दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजनामा हुने प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिताको पाँचौं संस्करण मंसिर दोस्रो साता आयोजना हुने भएको छ । आयोजक नेपाली सेनाले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्राइएड्भेन्चर ९ मंसिरमा धादिङको बैरेनी र चरौंदीमा हुने जानकारी गराएको छ । पाँचौं संस्करणमा १० विदेशी र १५ नेपाली गरी २५ टिमको सहभागिता रहने […]

November 2, 2022

ब्याडमिन्टनकर्मी मानन्धरको निधन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टन विकासमा योगदान पुर्याएका त्रिरत्न मानन्धरको निधन भएको छ । ९४ वर्षे मानन्धरको बुधबार बिहान साढे चार बजे मनमोहन कार्डियोथोासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगंज निधन भएको काठमाडौं ब्याडमिन्टन एकेडेमीका सचिव दीपक थापाले जानकारी दिए । स्वासप्रश्वास र मुटु सम्बन्धि समस्याका कारण उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । मानन्धर अफिसियल […]

November 2, 2022

नेपालले काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेशको ढाका र कक्स बजारमा डिसेम्वरमा आयोजना हुन लागेको काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपसँगै सिनियर पुरुष र महिला बिच भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल भलिबल संघको मंगलबार बसेको बैठकले काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपसँगै सिनियर पुरुष र महिला बिच भलिबल प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो । […]

November 1, 2022

ओलम्पियन संगिनालाई मगर संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद जगतकी सफल खेलाडी तेक्वान्दो क्विन संगीना वैद्यलाई नेपाल मगर संघ, युएईं शाखाले सम्मान गरेको छ । बैदेशिक भ्रमणको सिलसिलामा युएईमा रहेकी कीर्तिमानी खेलाडी वैद्यलाई नेपाल मगर संघ, शाखा युएईले बलिहाङ पर्ब, देउसी भैलो, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा सम्मानित गरेको हो । वैद्यलाई नेपाल आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष […]

October 31, 2022

गणेशमान सिंह टेनिस यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – गणेशमान सिंहको संस्मरणमा आयोजना हुने दोश्रो संस्करणको टेनिस प्रतियोगिता यसै महिना हुने भएको छ । आयोजक वीर गणेशमान सिंह स्पोर्टस् कमिटिले वीर गणेशमान सिंह प्रतियोगिता अन्तरगत टेवल टेनिस यही १९ गतेबाट र १० के रोड रेस पुसमा हुने जानकारी गराएको छ । ललितपुर सातदोवाटोस्थित टेनिस कोर्टमा २६ गतेसम्म हुने टेनिस प्रतियोगितामा […]

October 31, 2022

लोकतान्त्रिक खेलकुदद्वारा खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघले नवौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्न सफल विभिन्न खेलका खेलाडीहरुलाइ सम्मान गरेको छ । बुढानिलकण्ठ तथा टोखा नगरापलिका खेलकुद संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न खेलकुदका ३५ सहित पूर्व खेलाडीहरु तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । जसमा पूर्व क्रिकेट खेलाडी पारस खड्का समेत […]

October 31, 2022

ओलम्पियन संगिना दुवईमा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन तेक्वान्दो खेलाडी संगीना बैद्यलाई दुवईमा सम्मान गरिएको छ । दुवईस्थित नुवाकोट सेवा समाज यृुएईले ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन सफल पहिलो खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा लगातार दुईपटक स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी संगिनालाई नुवाकोटको गरिमा बढाउन सफल भएकोमा सम्मान गरिएको जनाएको छ । नुवाकोटे चेली […]

October 31, 2022

आईटीटीएफ लेभल टु कोर्स सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भएको आईटीटीएफ लेभल टु कोर्स आइतबार सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटीको सोलिडारिटी कार्यक्रमअन्तर्गत १० दिनसम्म सञ्चालन भएको कोर्सलाई मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गरेकी थिइन् । उनी आईटीटीएफकी प्रशिक्षकलाइ प्रशिक्षण दिने विशेषज्ञ हुन् । यस कोर्सपछि नेपाली टेबल टेनिसका लागि उच्च दक्ष जनशक्ति […]

October 30, 2022

कराते टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय गोल्फुटार डोजोका खेलाडी भारतको गोवा प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामाा सनम बोहरा, दशरथ तामाङ, लक्ष्मण तामाङ, सुशान्त तामाङ, वृषा गुरुङ, प्राण्जली रिजाल, सम्झना चौलागाईं, प्राज्ना उपाध्याय, सौजन मधीकर्मी, एरिश शर्मा र राज तामाङ रहेको टोलीको […]

Success

Thank you for your time.