October 20, 2022
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्बलले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४ गुणा ४ सय मिटर रिले दौडको महिला र पुरुष दुवै स्पर्धामा स्वर्ण जितेको छ । पोखरा रंगशालामा विहीबार महिलातर्फको ४ गुणा ४ सय मिटरमा आर्मीले दोस्रो स्थानमा दौड पूरा गरेपनि एपिएफ डिस्क्वालीफाइ हुँदा स्वर्ण जितेको हो । एपिएफले पहिलो स्थानमा दौड पूरा गरेपनि […]
October 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी विपना ब्लोनले नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वासतर्फको महिला एकलमा स्वर्ण जितेकी छिन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा आफ्नै प्रदेशकी र स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा पराजित गर्दै राष्ट्रिय खेलकुदमा विपनाले पहिलो स्वर्ण जितेकी हुन् । सातौ र आठौंमा पनि सहभागिता जनाएकी विपना त्यसबेला भने कास्यमा सीमित बनेकी थिइन् […]
October 20, 2022
प्रकाश तिमल्सिना, पोखरा नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाडिङमा प्रतिस्पर्धा गर्ने क्रममा आइतबार खसेर मृत्यु भएका त्रिभुवन आर्मी क्लबका निसिम थापाको अर्धकदको शालिक राख्नुको साथै मानार्थ स्वर्ण पदक प्रदान गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डको बुधबार साँझ पोखरामा बसेको बैठकले पोखरा रंगशालाको हाता भित्र निसिमको अर्धकदको शालिक राख्ने निर्णय गरेको राखेपका सदस्य सचिव […]
October 20, 2022
पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दसौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने औपचारिक निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बुधबार बसेको बैठकले दसौं कर्णालीमा २०८१ सालमा गर्ने निर्णय भएको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । हरेक पटक आगामी आयोजकको घोषणा गर्दै राखेपले झण्डा हस्तान्तरण गर्ने परम्परा रहँदै […]
October 20, 2022
अर्जुन कार्की, बागलुङ नवौं राष्ट्रिय खेलकुदअन्तरगत आईटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । बागलुङ बजारमा बुधबार सम्पन्न आईटिएफ तेक्वान्दो प्रतियोगितामा १३ स्वर्ण, ८ रजत र ३ काश्य सहित २४ पदकका साथ आर्मी पदक तालिकाको शीर्षस्थानमा रहयो । आर्मीका लागि एकल प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा रिना धिमाल, ‘ब्ल्याक बेल्ट’ दोस्रो […]
October 20, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बन्ने संघारमा पुगेको छ ।गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तिम दिनको केही खेलका स्पर्धा बाँकी रहँदासम्म आर्मीले १५० स्वर्ण जितेर शीर्षस्थानमा रहेको छ । आर्मीले सहभागिता जनाएका हरेक खेलमा पकड जमाएको छ । आर्मीले शारीरिक सुगठन, फेन्सिङ, पौडी, बक्सिङ लगायतका […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत इभेन्टतर्फ आर्मीले दुई तथा घरेलु टोली गण्डकीले एक स्वर्ण जितेका छन् । पोखरा रङ्गशालाको टेनिस कोर्टमा बुधबार भएको खेलमा आर्मीले मिक्स डबल्स र महिला डबल्सतर्फ स्वर्ण जितेको हो । गण्डकीले पुरुष डबल्समा स्वर्ण जितेको हो । महिला डबल्समा नेपाली सेनाका अविलाशा विष्ट र इरा […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा १२ स्वर्ण र ७ रजतसहित कुल १९ पदकका साथ च्याम्पियन बनेको छ । २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा दोस्रो स्थानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पा¥यो । सुदूरपश्चिमले ३ स्वर्ण […]
October 19, 2022
तनहुँ (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनलमा आर्मीले बाग्मती प्रदेशलाई ४५–३० को अन्तरमा पराजित गर्दै स्वर्ण जितेको हो । पहिलो र दोस्रो क्वाटमा आर्मीले १०–८ र १४–७ को अग्रता कायम गरेको थियो । तेस्रो चरणमा भने वाग्मतीले उत्कृष्ट […]
October 19, 2022
गोरखा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलले बर्चस्व कायम गरेको छ । प्रतियोगिता अन्र्तगत भएका ६ इभेन्टका १८ पदकमध्ये त्रिभुवन आर्मी क्बले ५ स्वर्ण, २ रजत तथा २ कास्य पदक जितेर प्रतियोगितामा आफ्नो बर्चस्व कायम गरेको हो । प्रतियोगिताको महिला क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना […]