November 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले स्वर्णिमलाई १८–११ ले पराजित ग¥यो । रेडिअन्टकी प्रशंसा बुढाथोकीले १० अंक जोडिन् । सोही स्पर्धामा न्यु भिजन एकेडेमीले इनोभेटिभलाई १३–१२ तथा डिफेन्डिङ च्याम्पियन निम्सले रिब्सलाई २८–४ ले हराउदै सेमिफाइनलमा स्थान […]
November 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र अभिलाषा विष्टले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बनेका हुन् ।नम्बर एक प्रदीपले फाइनलमा ऋतिक रानालाई ६–४ र ६–४ को सोझो सेटमा हराएर उपाधि जिते । प्रदीप नवौं राष्ट्रिय खेलकुदको […]
November 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सिदार्थ बैकले दोस्रो संस्करणको कामना सेवा फुटसल कपको उपाधि जितेको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शनिबार भएको फाइनलमा प्रभु बैंकलाई टाइब्रेकरमा ३–२ ले हराउँदै सिदार्थले उपाधि जितेको हो । टाइब्रेकरमा सिदार्थका शान्तिराम कार्की, सन्जिब श्रेष्ठ र राजु श्रेष्ठले गोल गरे । प्रभुका केशब योगी र विकास तामाङले गोल गर्दा अमनराज बज्राचार्यले […]
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा प्रथम ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंसिरमा आयोजना हुने भएको छ । ७ देखि १० मंसिरसम्म आयोजना हुने प्रतियोगितामा पुरुष र महिला एकल (खुल्ला), पुरुष युगल (उच्च २० बरियता बाहेक), यु–१७ छात्र र छात्रा एकल तथा […]
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको कामना सेवा फुटसल कपको प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शुक्रबार समूह चरणको खेल सकिएसँगै प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिता अन्तर्गत समूह ए बाट कामना सेवा विकास बैंक समूह विजेता र लुम्बिनी बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ बाट […]
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न १० औं एसियाली खेलकुदका कांस्य पदक विजेता तेक्वान्दो खेलाडी राजकुमार राईले सबै खेलाडी देशको कमान्डो भएको बताएका छन् । उनी अभिनित नेपाली चलचित्र ‘सोल अफ द कमान्डो’ को ट्रिजर रिलिज तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सन् १९९९ मा नेपालमै […]
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – शिवपुरी, नुवाकोटका सन्जिव तामाङ र ज्ञान ज्योतिका दिपेश गुरुङले दोश्रो अन्तरविद्यालय गोजुकाइ कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको पुरुष ३५ केजीमा सन्जिवले श्री कालिका आयुश सुनार तथा ४० केजीमा दिपेशले शिवपुरीका निमा तामाङलाई फाइनलमा पराजित गरे । पुरुष २० केजीमा श्री कालिकाका क्षितिज तामाङले […]
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र ऋतिक रानाले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनलमा भिड्ने भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा प्रदीपले निशन श्रेष्ठलाई ६–१ र ६–२ ले हराएर उपाधि नजिक पुगेका हुन् । ऋतिकले सेमिफाइनलमा प्रणव खनाललाई २–६,६–४ र ६–३ ले पराजित गरे । […]
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनका विजेताहरुले त्यहाँको रुट नेपालको सबैभन्दा उत्कृष्ट रुट भएको बताएका छन् । नेपालगन्ज म्याराथनलाई एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)बाट प्रमाणित र सदस्यता प्राप्त भएपछि शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज म्याराथनको छैटौं संस्करणका विजेता गोपीचन्द्र पार्कीले आफ्नो अनभुव सुनाए । ‘काठमाडौं, पोखरा, प्रधानसेनापतिलगायत नेपालका शीर्ष म्याराथनमा […]
November 11, 2022
काठमाडौं (हाम्राे खेलकुद) – इनोभेटिभ आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । इनोभेटिभले लोक आदर्शलाई ६–२ ले पराजित ग¥यो । इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन् । गल्र्समै दियाको ४ अंक सहयोगमा न्यु भिजनले जेसेसलाई १६–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । जुनियर ब्वाइजमा भ्याली […]