default_image

अन्य

November 24, 2022

रशिला र अनु क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – नेपाली सेनाकी रशिला महर्जन र अनुमाया राई प्र्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ नवौं राष्ट्रिय खेलकुदककी च्याम्पियन रशिलाले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–९ र २१–१० ले तथा अनुले पाँचथरकी रिना तामा–लाई […]

November 24, 2022

विश्व मुवाथाईमा गुणराज र डेनिकालाई कास्य

काठमाडाैं (हाम्राे खेलकुद) – नेपालका गुणराज रुचाल र डेनिका राईले थाइल्यान्डमा भएकाे १७औं विश्व मुवाथाई प्रतियोगितामा कास्यपदक जितेका छन् । गुणराजले ५७ केजीकाे प्रोफेसनल खेलमा कास्री पदक हात पारेका हुन् । सेमिफाइनलमा उजबेस्कितानका खेलाडीसँग दोस्रो राउन्डमा मेडिकल इन्जुरी कारण पराजित भएपछि उनी कास्यमा सीमित बने । गुणराजकाे याे छैटाैं विश्व च्याम्पियनिस खेल हाे । यस्तै […]

November 24, 2022

नेक्सस–संकटा कप फुटबल आइतबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक नेक्ससका प्रिन्सिपल आरबी कट्वालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । प्रिन्सिपल कट्वालले आगामी […]

November 24, 2022

माछापुच्छ्रे भ्याली पब्लिक बास्केटबल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक माविको आयोजनामा १५औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा जम्मा ४९ टिमको सहभागिता रहने भ्याली पब्लिक ब्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लिलबहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २५ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान […]

November 24, 2022

फुटबलर प्रिजेनलाई राखेप र कोषको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्लड क्यान्सरको उपचार गराइरहेका फुटबल खेलाडी प्रिजेन तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रिजेनलाई स्वास्थ्य उपचारका लागि राखेपले २ लाख र कोषले ३ लाख गरि ५ लाख रुपैयाँ बिहीबार हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका […]

November 24, 2022

यसकारण थपिन्छ कतार विश्वकपमा धेरै इन्ज्युरी समय

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप इतिहासमै सबैभन्दा आश्चर्य पार्ने नतिजा निकाल्यो । अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै साउदीले सारा विश्वको ध्यान आफूतर्फ तानेको थियो । लुसेल रंगशालामा ८८ हजार दर्शकमाझ भएको खेलको अन्तिम समय भने निकै रोमान्चक थियो । निर्धारित ९० मिनेट […]

November 24, 2022

प्रशिक्षक मोरियासुको रणनीतिले खोलेको नकआउट चरणको ढोका

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ को समूह चरणमा जर्मनी र स्पेन आफ्नै समूहमा रहेपनि प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि प्रस्थान गर्नुअघि क्वाटरफाइनलमा पुग्ने लक्ष्य राखेका थिए । बुधबार चार पटकको च्याम्पियन जर्मनीलाई पराजित गरेपछि उनको उक्त लक्ष्य सम्भव देखिएको छ । खलिफा रंगशालामा जापानका लागि पहिलो हाफ सम्झनलायक थिएन । जर्मनीले एकपछि अर्को […]

November 24, 2022

सर्वियासँग सचेत ब्राजिल

एजेन्सी – पाँच पटकको विश्वविजेता ब्राजिलले आज (बिहीबार) सर्वियासँग खेल्दै फिफा विश्वकप कतार २०२२ को सुरुवात गर्दैछ । खेल कतारको दोहास्थित लुसेल आइकोनिक स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । सर्वियाविरुद्ध मैदान उत्रदा स्टार खेलाडीले भरिएको ब्राजिल सचेत रहँदै स्पष्ट जितको लक्ष्यमा हुनेछ । ठुला प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेपनि सर्विया अन्डरडग टोलीको रुपमा […]

November 24, 2022

पोर्चुगललाई घानाको चुनौती

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (बिहीबार) समूह ‘जी’ र ‘एच’ का विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । यससँगै समूह चरणको पहिलो राउन्डको खेल सकिनेछ । आज उपाधिको दावेदारको रुपमा हेरिएको पोर्चुगलले अफ्रिकी प्रतिद्धन्द्धी घानाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ः४५ बजे स्टेडियम ९७४ मा हुनेछ । स्टार र चर्चित खेलाडीले […]

November 23, 2022

आर्मीका पविन दोश्रो चरणमा

ललितपुर (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकलतर्फ हुम्लाका दशरथ बुढालाई २१–१२ र २१–९ को सोझो सेटमा पराजित गर्दै पविन दोस्रो चरणमा प्रवेश गरेका […]

Success

Thank you for your time.