November 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भेट्रान खेलाडी उद्धव थापा मगरले उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । युकेको ओर्चेस्टरमा नोभेम्बर २७ तारिखमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण तथा वेपन प्याटर्न फर्ममा रजत जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । उद्धवले ४५ वर्षमाथि उमेरसमूहमा सफलता […]
November 29, 2022
एजेन्सी – एसियाली मुलुक कतारमा जारी फिफा विश्वकप २०२२ को समूह चरणको अन्तिम खेलमा इरान र अमेरिकाबीच खेल हुँदैछ । खेल राति १२ः४५ बजेपछि अल थुमामा रंगशालामा हुनेछ । यही समयमा इंग्ल्यान्ड र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा सबै चारै टोलीको नकआउट चरण पुग्ने सम्भाावना छ । तुलनात्मक रुपमा इंग्ल्याण्ड र इरानको सम्भावना […]
November 29, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ को समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले वेल्ससँग खेल्दैछ । खेल राति १२ः४५ बजेपछि अहमेद विन अली रंगशालामा हुनेछ । यही समयमा इरान र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ को शीर्षस्थानमा रहेको इंग्ल्यान्ड वेल्सलाई पराजित गर्दै शीर्षस्थानमा रहेका नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । यस समूहबाट […]
November 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघले विश्व टेबल टेनिस च्याम्पियनसिप क्षेत्रिय छनोटका आयोजनाको मौका पाएको छ । साउथ एसयन रिजिनल च्याम्पियनसिप नेपालमा आयोजना हुन लागेको पहिलो पटक हो । नेपालले आयोजना गर्ने यो नै अहिले सम्म टेबल टेनिसको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । इन्टरनेसनल टेबल टेनिस फेडेरेसन (आईटीटीएफ) अन्तर्गत एसियन टेबल […]
November 29, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज मंगलबार आयोजक कतारले बलियो नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछ । खेल अल बायातमा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यही समयमा यही समूहको अर्काे खेलमा इक्वेडर सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । नकआउट चरणमा पुग्न यि इक्वेडरलाई बराबरी पर्याप्त रहँदा सेनेगललाई जितको खाँचो छ । नेदरल्यान्ड्स […]
November 29, 2022
मेरो नाम विजय केसी । कर्मको हिसाबले सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक पदमा रहेर देशको सेवा गरिरहेको छु । नेपाली खेलकुदमा नेपाल एपिएफ क्लबमार्फत विभिन्न खेलमा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्छु । नेपालबाट अन्तर्राष्ट्रिय भलिबल रेफ्री पनि हुँ । तर आज यो सबभन्दा फरक, म एक लिओनेल मेस्सी र अर्जेन्टिना फ्यानको भूमिकामा आफ्नो भाव व्यक्त गरिरहेको […]
November 29, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (मंगलबार) समूह चरण ‘ए’ र ‘बी’ का अन्तिम राउन्डमा प्रतिस्पर्धा हुँदा इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा राति ८ः४५ बजेपछि हुनेछ । यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ । बाँकी तीन टिम नेदरल्यान्ड्स, इक्वेडर र […]
November 29, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (मंगलबार) देखि समूह चरणको अन्तिम खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । आज मंगलबार समूह ‘ए’ र समूह ‘बी’ काे अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुनेछ । नतिजामा प्रभाव पर्ने सम्भावना कारण हरेक समूहका तेस्राे तथा अन्तिम खेल एकै समयमा गरिने प्रावधान छ। समूह ‘ए’ मा रहेको नेदरल्याण्ड्स […]
November 28, 2022
म रोनाल्डोको खेल हेर्न थालेको सन् २००४ देखि हो । म सन् २०१३ देखि कतारमा छु । यहाँ विश्वकप हुन्छ भन्ने थाहा भएदेखि नै विश्वकप हेर्न आउँछु भन्ने थियो । कतार नै आएपछि फुटबल फ्यान भएको नाताले विश्वकपको लागि उत्साहित थिएँ । मैले प्रत्यक्ष मैदानमा उपस्थित भएर पहिलो पटक पोर्चुगलको खेल हेर्दैछु । यसअघि प्रत्यक्ष […]
November 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्या सदन (बिभीएस) ले खेलकुदबारे अन्तरक्रिया र मैत्रीपूर्ण खेलको आयोजना गरेको छ । बृहस्पतिले आफ्नै प्राङ्गणमा सोमबार कतारमा जारी फिफा विश्वकप कतार २०२२ र ओलम्पिकबारे अन्तरक्रिया आयोजना गरेको हो । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा कार्यकारी निर्देशक एवम् अखिल नेपाल टेवल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली राष्ट्रिय फुटबल […]