default_image

अन्य

December 3, 2022

नेक्सस र लाइसियम सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस इन्टरनेसनल एकेडेमी र लाइसियम प्याराडाइस पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा नेक्ससले ग्लेडस्टोनलाई ७–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । नेक्ससका निखिलले २ तथा अंकित, दिलन लिम्बू, राज थापा मगर र सक्षम भट्टराईले १–१ गोल गरे । […]

December 3, 2022

काठमाडौं जेभियर्स र चैतन्य भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जेभियर्स र चैतन्य संस्कार शिक्षालय ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् । काठमाडौं जेभियर्सले एआईएलाई ३२–१४ तथा चैतन्यले सूर्योदयलाई ११–८ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । सिनियर ब्वाइजमा चैतन्यले डेनेबलाई ३०–२६, स्प्याङ्गलले सेन्टपललाई २१–१९ र एआईएले भद्रघलेलाई ४१–१७ ले […]

December 3, 2022

भ्याली पब्लिक र काष्ठमण्डप उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र काष्ठमण्डप १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले एचएचसीएलाई १७–११ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा लोरिशा गौचनले ११ अंक योगदान गरिन् । आस्ना अर्यालको १० अंक सहयोगमा काष्ठमण्डपले ग्रिनल्यान्डलाई २६–१५ ले हरायो । सिनियर […]

December 3, 2022

नेत्रहीन टी–२० विश्वकपमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो नेत्रहीन टी– २० क्रिेकट विश्व कपमा नेपालले सहभागिता जनाउने भएको छ । डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गर्दै छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शनिबार एक कार्यक्रमबीच बिदाइ […]

December 3, 2022

राखेपका पूर्व कोषाध्यक्ष महर्जनलाई बधाई

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेलले गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रदेश सांसद विजयी भएका मिनकृष्ण महर्जनलाई शनिबार बधाई तथा शुभकामना प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व कोषाध्यक्षसमेत रहेका महर्जन डोजोका संरक्षक एवम् संस्थापक हुन् । आयोजक डोजो र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष […]

December 3, 2022

अर्जेन्टिनालाई अष्ट्रेलियाको चुनौती

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को नकआउट चरणको दोस्रो खेलमा आज (शनिबार) अर्जेन्टिना र अष्ट्रेलियाबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजे अहमेद विन अली स्टेडियममा हुनेछ । समूह चरणको पहिलो खेलमा हार त्यसपछि लगातार दुई जित अर्जेन्टिना र अष्ट्रेलियाले अन्तिम १६ मा पुग्दाको यात्रा हो । भलै अर्जेन्टिना समूह सी […]

December 3, 2022

नेदरल्यान्ड्सलाई अमेरिकाको चुनौती

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा आज (शनिबार) देखि नकआउट चरणको खेलमा प्रतिस्पर्धा हुँदा नेदरल्यान्डले अमेरिकासँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता तथा अमेरिका समूह ‘बी’ को उपविजेता हो । समूह चरणमा वेल्स र इंग्ल्यान्डसँग बराबरी खेल्दा इरानलाई १–० ले […]

December 3, 2022

घानाका मुख्य प्रशिक्षक एडोले दिए राजीनामा

एजेन्सी – घानाका मुख्य प्रशिक्षक ओटो एडोले आफ्नो पदबाट राजीनामा दिएका छन् । फिफा विश्वकप कतार २०२२ को समूह चरणबाटै बाहिरिएपछि उनले राजीनामा दिएका हुन् । विश्वकप २०२२ मा घानाले समूह ‘एच’ मा तीन खेलमा केवल एक खेलमा मात्रै जित निकाल्न सफल भएको थियो । दक्षिण कोरियालाई ३–२ ले हराएको घानाले पोर्चुगलसँग ३–२ ले तथा […]

December 3, 2022

विश्वकपमा आज प्रि–क्वाटरफाइनलका दुई खेल

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शनिबार) देखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ । शुक्रबार राति दक्षिण कोरिया र स्वीट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनाएसँगै प्रि–क्वाटरफाइनलको समिकरण पूरा भएको छ । प्रि–क्वाटरफाइनलको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय […]

December 3, 2022

यस्तो छ विश्वकपको नकआउट समीकरण

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण पक्का भएको छ । अब अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग खेल्नेछ । इंग्ल्यान्डले सेनेगलको सामना गर्दा अर्जेन्टिना र अष्ट्रेलिया भिड्नेछन् । पोल्यान्डले फ्रान्सको सामना गर्नेछ भने क्रोएसियाले जापानविरुद्ध खेल्नेछ । स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनलमा पुग्न […]

Success

Thank you for your time.