default_image

अन्य

December 17, 2022

लमजुङ एफसीलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लमजुङ फुटबल क्लब (एफसी) ले प्रथम राईनास सेवा समाज खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । गोंगबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा शनिबार भएको फाइनलमा ढुकु फुटसललाई ३–१ ले पराजित गर्दै लमजुङ एफसीले उपाधि जित्न सफल भएको हो । उपाधिसँगै लमजुङ एफसीले ६० हजार रुपैयाँ र शिल्ड जितेको छ । दोस्रो भएको ढुकुले […]

December 16, 2022

स्वस्तिका र शिभालीको जोडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडी २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्स डबल्समा शुक्रबार च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा स्वस्तिका र शिभालीको जोडीले नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे । मन जयकर […]

December 16, 2022

सेन्ट जेभियर र लिटिल एन्जल्सको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर स्कुल गोदावारी ललितपुर र लिटिल एन्जल्स स्कुल हात्तीवन ललितपुरले २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा फराकिलो जित निकालेका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा सेन्ट जेभियरले आदर्श विद्या मन्दिर (एभीएम) लाई ८–० को भारी अन्तरले पराजित गरेको हो […]

December 15, 2022

पुष्पान्जली र निष्ट विजयी

काठमाडौं (हाम्रो खेलकुद) – पुष्पान्जली माध्यमिक विद्यालय र भक्तपुर निष्टले २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा जित निकालेका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा बिहीबार भएको पहिलो खेलमा पुष्पान्जली माध्यमिक विद्यालय टौखेल गोदावारीले गोदावारी आवासिय स्कुल गोदावारीलाई ३–१ ले पराजित गरेको हो । पुष्पान्जलीको जितमा युजल राईले दुई गोल […]

December 15, 2022

शिभाली र आद्या फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शिभाली गुरुङ र आद्या पौडेल २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । दुवैले आफ्नै राष्ट्रका खेलाडीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शिभालीले प्रशंसा मोक्तानलाई ७–५ र ६–० तथा आद्याले स्वस्तिाका विष्टलाई ६–१, […]

December 15, 2022

उपचारका लागि सिंहलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक सहयोग प्रदान गरेको छ । लामो समयदेखि कलेजो रोगबाट पीडित सिंहलाई कोषले २ लाख र राखेपले ३ लाख गरि ५ लाख रुपैयाँ बिहीबार प्रदान गरेको कोषका सचिव समेत रहेका खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […]

December 15, 2022

विश्वकप २०२२ का पाँच अप्रत्याशित नतिजा

एजेन्सी– कतारमा जारी फिफा विश्वकप फुटबल उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ । २२ औं संस्करणको विश्वकपको दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्सले मोरक्कोलाई २–० तथा पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । फाइनल पुस ३ गते राती ८ः४५ बजे लुसेल आइकोनिक रंगशालामा हुनेछ । कतार विश्वकपमा […]

December 15, 2022

अर्जेन्टिना र फ्रान्स विश्वकपको उपाधिका लागि भिड्ने

एजेन्सी – फिफा विश्वकप फुटबलको २२औं संस्करणको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । कतारमा जारी विश्वकप अन्तरगत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० ले पराजित गर्दै साविकको विजेता फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर ८ वर्षपछि फाइनलमा पुग्न सफल […]

December 14, 2022

आयुशमान सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका आयुशमान हजुर घले २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा अपराजित यात्रालाई कायम राख्दै क्वाटरफाइनलमा आयुशले हङकङका यु हिन वोङलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा नेपालबाट आयुशसहित ७ खेलाडी सहभागी […]

December 14, 2022

डन बस्को, माया युनिभर्स र सेन्ट जेभियर विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल डन बस्को स्कुल, माया युनिभर्स एकेडेमी र सेन्ट जेभिएर स्कुल २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी भएका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा डन बस्को लुभु ललितपुरले पुष्पान्जली माध्यमिक विद्यालयलाई ५–० ले पराजित गरेको हो । डन बस्कोको जितमा […]

Success

Thank you for your time.