default_image

अन्य

January 5, 2023

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर टेबल टेनिस क्लबको आयोजनामा अर्को महिना पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानको वार्षिक कार्यक्रम अनुसार हुने प्रतियोगिता लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १७ देखि २१ गते सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिताको […]

January 5, 2023

कबड्डी खेल्दा बेहोस भएका भोटेको मृत्यु

झापा (हाम्रो खेलकुद) – झापाको दमकमा कबड्डी खेल्ने क्रममा अचानक बेहोस भएका खेलाडीको मृत्यु भएको छ । दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दे बेहोस भएका कबड्डी खेलाडी लाप्टुक भोटेको मृत्यु भएको हो । सङ्खुवासभाको भोट खोला गाउँपालिका–४ स्थायी घर भएका १८ वर्षीय भोटे प्रतिष्ठानमा सिभिल इन्जिनियर डिप्लोमा फर्स्ट लेभलका विद्यार्थी थिए । कलेजमा […]

January 4, 2023

नेपाल टि२० लिग प्रकरण – राखेपद्वारा ५ सदस्यीय छानबिन कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले काठमाडौंमा जारी नेपाल टि२० लिग प्रकरणबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । परिषद्को कार्यकारी समितिको बुधवार बसेको बैठकले सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन राखेपले कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो […]

January 4, 2023

सुनिल र नीमा सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना डोजोका सुनिल समाल र च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ दोस्रो उमा राष्ट्रिय खुला कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । सुनिल र नीमा दुवै आ–आफ्नो तौल समूहका स्वर्ण विजेता हुन् । चावहिलस्थित स्मार्ट प्यालेसको हलमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार ९ स्पर्धाको फाइनल खेल सन्चालन भएको थियो । जसमा पुरुषतर्फ […]

January 4, 2023

सोतोकान कराते टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – भारतको कोलकातामा हुने ३१ औं खुला अन्तर्राष्ट्रिय सोतो कपमा सहभागी हुने टोलीलाई बुधबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाई गरे । जनवरी ७ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नेपाल सोतोकान कराते संघका महासचिव […]

January 4, 2023

क्योकुसिन टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाल इन्टरनेसनल क्योकुसिन कराते संघको टोली बिहीबार भारतको गुहाटी प्रस्थान गर्दैछ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । संघका महासचिव एवं ब्रान्च चिफ प्रेमनाथ श्रेष्ठको नेतृत्वमा १५ खेलाडीसहित २१ सदस्यीय टोली भारत […]

January 4, 2023

टेवल टेनिसका संयोग र रुविनलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले कतारमा यसै सातादेखि आयोजना हुने एसियाली टेवल टेनिस च्याम्पियनसिप (फाइनल स्टेज) मा सहभागिता जनाउन जाने दुई नेपाली पुरुष खेलाडीलाई बिदाई गरेका छन् । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले दुई खेलाडी रुविन महर्जन र संयोग कपाली (ओलम्पिक छात्रवृत्ति) लाई बुधबार नेपाल ओलम्पिक कमिटिको मुख्यालय सातदोबाटोमा बिदाई […]

January 4, 2023

अन्तर्राष्ट्रिय भलिबल रेफ्री गुरुङ सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एभीसी इन्टरनेसनल भलिबल रेफ्री विकास गुरुङ सम्मानित भएका छन् । तमु ह्युल छोजधीँ राष्ट्रिय परिषद काठमाडौंले उनलाई तमु ल्होसार २०७९ को अवसरमा सम्मानित गरेको हो । उनलाई प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले सम्मानपत्र प्रदान गरे । गुरुङ समुदायबाट एकमात्र अन्तर्राष्ट्रिय भलिबल रेफ्री रहेका उनलाई खेलकुदको क्षेत्रबाट सम्मानित गरिएको हो । […]

January 3, 2023

दोस्रो उमा राष्ट्रिय कराते सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुकाई कराते डो संघको आयोजनामा दोस्रो संस्करणको उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन काता र कुमुते गरी ९ स्वर्णको छिनोफानो भएको छ । काता विधामा पुरुषतर्फ लुभु डोजोका सागर मोक्तानले स्वर्ण जितेका छन् । लुभुकै अनिल बलले रजत जिते भने थैवका अन्जन मगर […]

January 3, 2023

शारीरिक सुगठनको पदक विजेतालाई सदस्यसचिवको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १३औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई मंगलबार बधाई दिएका छन् । सदस्य–सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिदै अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपाली खेलाडीले राष्ट्रलाई निरन्तर पदक दिलाएकोमा खेलाडीको प्रशंसा गरे । थाइल्यान्डको फुकेटमा मंसिर […]

Success

Thank you for your time.