October 23, 2024
कञ्चनपुर (हाम्रो खेलकुद)- काठमाडौंका सिएम नवीन तण्डुकारले दोश्रो राष्ट्रिय र्यापिड रेटिङ बुद्धिचालको उपाधि जितेका छन्। महिलामा पोखराकी पुजा भण्डारी विजयी भइन् । प्रतियोगिता अन्तर्गत १९३२ रेटेड सिएम नविनले ८ खेलमा जित दर्ता गर्दै ८ अंकका साथ राष्ट्रिय र्यापिड च्याम्पियन बनेका छन्। नविनले उपाधि संगै ३० हजार रुपैयाँ प्राप्त गरेका छन्। कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा सम्पन्न प्रतियोगितामा […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ । सन् २०२६ मा जापानमा हुने २० औं एसियाडमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का, राजवीर प्रधान र प्रणव खनालले चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलवार जित हासिल गरेका छन् । उपाधिमा ह्याट्रिक गर्ने अभियानमा रहेका प्रदीपले प्रितम परियारलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे । प्रदीप पछिल्लो दुई संस्करणका विजेता विजेता हुन् । राजवीरले सक्षमविक्रम शाहलाई […]
October 22, 2024
कन्चनपुर (हाम्रो खेलकुद)– दोश्रो राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा मंगलवार सुरु भएको छ । राष्ट्रिय बुद्धिचालका शीर्ष ६३ खेलाडी सहभागी रहेको प्रतियोगितामा बाँकी ४ चरणका खेल बुधवार हुनेछन् । नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन पाँचौ चरणका खेल सम्पन्न भएका छन् । एफएम क्षितिज […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको मानामा हुने आइएसएफ जिम्नासाइड समर गेम्समा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजना हुने पारासहित २६ खेल समावेश २० औं संस्करणको आइएसएफ जिम्नासाइड बुधवार सुरु हुनेछ । गेम्समा सहभागी हुन ३२ खेलाडीसहित ५८ सदस्यीय नेपाली टोली बुधवार त्यसतर्फ जाँदैछ । […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै यसै महिना बिडब्लुएफ लेभल वान र लेभल टु कोचिङ कोर्स हुन लागेको जानकारी गरायो । डल्लु आवास क्षेत्रमा रहेको एनओसी अर्थक्वेक मेमोरियल कभर्डहलमा हुने कोचिङ कोर्स अन्तर्गत लेभल टु मा १४ र लेभल […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली उसु खेलाडीले जापानको टोकियोमा हुने तेस्रो थाउँलो वर्ल्डकप २०२४ भाग लिने भएका छन् । टोकियोस्थित योकोहा शहरमा वर्ल्ड कप कात्तिक ७ देखि १२ गते सम्म हुने बताइएको छ। दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङले वर्ल्ड कपमा भाग लिने बताइएको छ। नेपाल उसु महासंघका महासचिव […]
October 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानको जिम्मेवारी त्याग्नुका साथै अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिएका छन् । सामाजिक सन्जालमा आइतवार भिडियो सन्देशमार्फत मानबहादुरले सन्न्यासको घोषणा गरेका हुन् । नेपाल भलिबल गत वर्ष साउनमा मानबहादुरलाई कप्तान नियुक्त गरेको थियो। यो निर्णय लिन सहज नभएको जनाउँदै मानबहादुरले यो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने समय […]
October 20, 2024
काठमाडौं (हाम्रो खेलकुद )- विश्व ट्रायथलनले स्पेनमा भइरहेको ३८ औं महाअधिवेशन तथा वर्ल्ड ट्रायथलन च्याम्पिनयसिपको अवसरमा नेपाल ट्रायथलन संघ र त्यसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई विशेष सम्मान गरेको छ । वर्ल्ड ट्रायथलनका अध्यक्ष मारिसोल कासाडोले आफ्नो १६ वर्षको कार्यकाल पूरा भएको अवसरमा संघ र श्रेष्ठलाई विशेष कार्यक्रम आइतवार बीच सम्मान गरेको हो । सम्मान हुने अन्य […]
October 19, 2024
काठमाडौं (हाम्रो खेलकुद )- साहारा क्लब अस्ट्रेलियाको सिद्धार्थ पौडेलको अध्यक्ष चुनिएका छन् । क्लबको हालै बसेको विशेष साधारणसभा एवं अधिवेशनबाट अध्यक्ष पौडेलसहित कार्यसमितिलाः निर्विरोध निर्वाचित गरेको बताइएको छ। क्लबका तत्कालिन अध्यक्ष राजमान थकालीको निधन भएपछि सहारा क्लब अस्ट्रेलियाले साधारण सभा बोलाएको थियो । क्लबको उपाध्यक्ष द्वयमा सन्तोष पाण्डे र पुस्कल थकाली, सचिवमा जेसिका तामाङ, कोषाध्यक्षमा […]