February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले दक्षिण कोरियाका जियोम डो र वोन्मिन किमको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा […]
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । फाइभ ए साइड फर्मेटमा हुने फुटबलको ब्वाइज यु–१२ मा १४ टिम तथा यु–१६ मा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा […]
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट खेलाडी भएका छन् । महिला र पुरुष कुमुते तथा कतामा गरि २१ खेलाडी छनोट भएको कर्णाली प्रदेश कराते टेक्निकल कमिटी सुर्खेतले बुधबार जानकारी दिएको छ । छनोट हुने महिला खेलाडीमा एलिसा रास्कोटी मगर (४५ केजी), ममता नेपाली (५० […]
January 31, 2023
तनहुँ (हाम्रो खेलकुद) – ठकुरी समाज बाबियाडाँडा तनहुँले साविक वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ घडेरीमा भएको भएको फाइनलमा आयोजक मिलेनियम युवा क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै ठकुरी समाजले ४० हजार रुपैयाँसँगै मेडल र ट्रफी प्राप्त गरेको छ । दोस्रो भएको आयोजक मिलेनियमले २५ […]
January 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा स्वर्ण जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको मंगलबार भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । डबल्समा प्रहरीका मन्जु सुवाल र एलिना महर्जनको जोडीले स्वेच्छा नेम्वाङ र रविना […]
January 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा मंगलबार सफलता पाएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले नेपालका आयुशमान हजुर घले र दक्षिण कोरियाका होङ ह्वाङको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । अन्य […]
January 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा क्षमता अभिबृद्धि तालिम मंगलबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । तालिममा काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४६ स्थायी सहायक प्रशिक्षकहरुको सहभागिता रहेको विभागका निर्देशक प्रचण्ड शर्माले जनाएका छन् । तालिमको प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरे ।
January 31, 2023
म्याग्दी (हाम्रो खेलकुद) – भलिबलको उर्वर भुमि म्याग्दी जिल्लामा उमेर समूहको छात्र र छात्रा अन्तर माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न जिल्ला भलिबल संघ म्याग्दी र गौमती विकास अक्षय कोषबीच १० वर्ष लामो सम्झौता भएको छ । म्याग्दी जिल्ला भलिबल संघको कार्यालयमा कोषका संस्थापक अध्यक्ष लालबहादुर केसी र भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले सम्झौता […]
January 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शहीद दिवसका अवसरमा सोमबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको शहीद दशरथ चन्दको शालिक रहेको स्थानमा कार्यक्रम भएको थियो । राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, सदस्य अञ्जन धमला, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारीलगायतले शहीद चन्दको शालिकमा पुष्पगुच्छा चढाईं श्रद्धाञ्जली अर्पण […]
January 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अनिशा खड्काले युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । आबुधाबीमा जनवरी २७ देखि २९ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गरिन् । सेमिफाइनलमा अनिशाले युकेकी क्लेरे नेललाई हराएकी थिइन् ।