default_image

अन्य

February 9, 2023

रामविनय र टक्कर क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – जनक शिक्षा सामाग्री केन्द्रका रामविनय श्रेष्ठ र कृषि विकास बैंकका टककर कुँवर १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष एकलमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रामविनयले नागरिक उड्डयन प्राधिकरणका रमेशबहादुर कुँवरलाई १२–२१, २१–११ र २१–७ तथा टक्करले नेपाल विद्युत प्राधिकरणका रत्न श्रेष्ठलाई २१–१४ र २१–१७ […]

February 9, 2023

प्रिन्स र विष्णु क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र बिष्णु कटुवाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र युगल दुवैतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एकलतर्फ बिष्णुले त्रिभुवन आर्मी क्लबका नरेन्द्र बमलाई २१–१०, १५–२१ र २५–२३ को जित निकाल्यो । यस्तै प्रिन्सले आर्मीकै हिमाल चन्दमाथि २१–१४ र २१–७ को […]

February 9, 2023

महिला टिम कातामा पनि पुलिसलाई स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला टिम कातामा स्वर्ण पदक जितेको छ । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगिताको टिम काताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले स्वर्ण पदक जितेको हो । फाइनलमा पुलिसले २४.१६ अंक र आर्मीे २३.१६ अंक जोडेको थियो । एकलतर्फ […]

February 9, 2023

टिम कातामा एपिएफलाई स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष टिम कातामा एपिएफले स्वर्ण पदक जितेको छ । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगिताको टिम काताको फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । फाइनलमा एपिएफले २४.३६ अंक र पुलिसले २३.८२ अंक जोडेको थियो । त्रिभुवन आर्मी क्लब […]

February 8, 2023

फाइनल खेल्दा घाइते भएकी निरुताको अवस्था सामान्य

काठमाडौं (हाम्रो खेलकुद)– केएनपी नेरोलेक छैटौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको मंगलबार फाइनल खेल्ने क्रममा घाइते भएकी नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्नाको अवस्था सामान्य रहेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा न्यू डायमण्ड युथ स्पोर्टस क्लबसँगको फाइनलको चौथो सेटमा २१–२१ को अवस्थामा बल उठाउने क्रममा निरुता घाइते भएकी थिइन् । आफूले […]

February 7, 2023

कृष्णप्रसाद भट्टराई स्मृति करातेको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको बताइएको छ । सहभागी टोली बुधबार सम्म राजधानी आइपुग्ने र बिहानबाट सहभागी १० टोलीका खेलाडीको जिल्ला प्रमुख डोजो ललितपुर ,लगनखेलमा तौल लिइने आयोजकले जानकारी दिएको छ । बिहान […]

February 7, 2023

डोरीतानको अध्यक्षमा पौडेल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भवानीप्रसाद पौडेलको अध्यक्षतामा नेपाल डोरीतान संघ केन्द्रीय कार्य समितिको तदर्थ समिति मंगलबार गठन गरेको छ । पौडेलको अध्यक्षतमा १३ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको हो । उपाध्यक्षमा सूर्यबहादुर भट्टराई,, सुवास पोखरेल, भुवनलाल श्रेष्ठ, राजकुमार आचार्य र केशवराज गौतम, महासचिवमा शैलेज नेपाल, सचिवमा विमल पौडेल र […]

February 7, 2023

एएफसीको सदस्यमा निर्वाचित नेम्वाङलाई सदस्य–सचिवको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली फुटबल महासंघ (एएफसी) को कार्यकारी समितिको सदस्यमा निर्वाचित अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङलाई बधाइ दिएका छन् । सदस्य–सचिव घिसिङले मंगलबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा नेम्वाङलाई सदस्यमा निर्वाचितमा भएको बधाइ दिदै नेपाली फुटबलसंगै एसियाली फुटबलको विकासमा नेम्वाङले महत्वपूर्ण निर्वाह गर्न सफलताका लागि शुभाकामना […]

February 7, 2023

राष्ट्रिय वाणिज्य बैंक क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय वाणिज्य बैंक १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल आयल निगम ‘बी’, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण ‘ए’ र ‘बी’, नेपाल विद्युत प्राधिकरण ‘ए’ र ‘बी’ तथा एभरेष्ट बैंक पनि क्वाटरफाइनलमा स्थान सुरक्षित […]

February 7, 2023

काष्ठमण्डप र एक्सेल्सियर सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – काष्ठमण्डप र आयोजक द एक्सेल्सियर स्कुलको रातो टिम नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डपले स्वस्तिश्रीलाई ५–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । काष्ठमण्डपका सहज ढकालले ४ तथा सुप्रिम बोहराले १ गोल गरे । एक्सेल्सियर रातोले आफ्नै पहेलो टोलीलाई १–० गोलले हरायो […]

Success

Thank you for your time.