September 27, 2024
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपाने र मुकेशबहादुर पाल खुला ५ किलोमिटर दौडमा शुक्रवार विजयी भएका छन् । एथलेटिक्स परिवार, नेपालको प्राविधिक सहयोग तथा व्यवस्थापनमा भएको दौडमा पुर्णलक्ष्मीले १८ मिनेट १८.३८ सेकेन्डमा दूरी तय गरिन् । निर्मला केसी १८ मिनेट २०.६४ सेकेन्ड समयमा दोश्रो तथा सिर्जना पाण्डे १८ मिनेट २९.४५ सेकेन्ड समयमा तेश्रो […]
September 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ का क्रममा एसिया रग्बी का अध्यक्ष कायस अल धलाई नेपाल आउने भएका छन् । धलाई असोज १८ गते नेपाल आइपुग्ने नेपाल रग्बी संघले जनाएको छ। एसिया रग्बीको आयोजना र रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ […]
September 25, 2024
पोखरा (हाम्रो खेलकुद)- सोइङ थापाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। गण्डकी थण्डर्सले बुधवार पोखरामा आयोजना गरेको ट्यालेन्ट हन्टबाट सोइङ छनोट भएकी हुन्। गण्डकीको पोखरामा ३० जना खेलाडीहरु ट्यालेन्ट हन्टमा सहभागी रहेको पोखरा थण्डर्सले जनाएको छ। १७ वर्षकी सोइङ हाल पोखरामा बस्दै आएकी छन् । ५ फिट ८ इन्च हाइट […]
September 25, 2024
हेटौंडा (हाम्रो खेलकुद )- बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयले दीपक श्रेष्ठलाई खेल विज्ञ मनोनित गरेको छ । मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी ११ निवासी श्रेष्ठलाई आज खेल विज्ञ मनोनित गरेका हुन् । श्रेष्ठलाई बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि संचालन गर्न जिम्मेवारी प्रदान […]
September 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो खेलमा काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्स खेल्ने भएका छन् । राष्ट्रिय महिला भलिबल टोलीकी उषा भण्डारी काठमाडौं र सलिना श्रेष्ठ ललितपुरको मार्की खेलाडी हुन्। आयोजक इन्फिनिटी ड्रिम्सले इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने लिगको खेल तालिका […]
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी उषा भण्डारीलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ। नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उषा बेस्ट अपोजिट हिटर पनि घोषित भइन् । त्यस्तै सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भएकी […]
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका वडा नं १६ र वडा नं १२ बीच दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको फाइनल हुने भएको छ । लैनचौर फुटसल मैदानमा मंगलवार भएको सेमिफाइनलमा वडा नं १६ ले वडा नं ६ लाई २-१ ले तथा वडा नं १ ले वडा नं २ लाई २-० ले हराउँदै […]
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एक वर्षमा करातेकी एरिका गुरुङले त्यस्तै भव्य स्वागत पाएकी छिन् । चीनमा आइतवार सम्पन्न २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका मंगलवार स्वदेश आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्षकै जस्तो स्वागत पाएकी हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, कराते प्रशिक्षक, खेलाडी, पदाधिकारी , खेलप्रतिले एरिका सहित टोलीलाई […]
September 23, 2024
धादिङ (हाम्रो खेलकुद)- ललितपुरका बद्रीलाल नेपालीले छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। उनले उपाधिसंगै ४० हजार रुपैयाँ प्राप्त गरे। धादिङको थांक्रे गाउँपालिकाले प्रायोजन गरेको प्रतियोगितामा ३ पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल ७ चरणको खेलबाट ६ अंक जोड्दै च्याम्पियन बनेका हुन्। बद्रीलालले २१२४ रेटिङ पर्फोम गर्दै व्यक्तिगत २८ रेटिङ समेत वृद्धि गर्न सफल भए। […]
September 23, 2024
सुशील पन्त क्षेत्री, चितवन एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितिशा महतो छनोट भएकी छन् । भरतपुर २२ को कभर्ड हलमा आज सम्पन्न ट्यालेन्ट हन्टबाट नितिशा चितवन शक्तिका लागि छनोट भएकी हुन् । ट्यालेन्ट हन्टमा चितवनका ३४ भलिबल खेलाडी सहभागी थिए । प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीले उनीहरु […]