February 11, 2023
ललितपुर (हाम्रो खेलकुद)– एपिएफ क्लबकी मनिषा चौधरीले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । प्रतियोगितामा एपिएफको यो चौथो स्वर्ण पदक हो । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा शनिबार भएको तेस्रो फाइनलमा बर्षा बुढा मगरलाई ७–५ ले हराउँदै मनिषाले स्वर्ण पदक जितेकी हुन् । त्यसअघि सेमिफाइनलमा मनिषाले […]
February 11, 2023
ललितपुर (हाम्रो खेलकुद)– तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता नविन रसाइलीले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय करोत प्रतियोगिताको ६७ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा यो पुलिसको १० औं स्वर्ण पदक हो । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा शनिबार भएको दोस्रो फाइनलमा त्रिभुवन […]
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका राजन रोकायाले आठौं प्रधानसेनापति खुला म्याराथन उपाधि जितेका छन् । शनिबार भएको म्याराथन (४२.१९५ किलोमिटर) २ घन्टा २० मिनेट ०८ सेकेन्डमा पूरा गर्दै राजनले म्याराथन उपाधि जितेका हुन् । आर्मीकै खडकबहादुर खड्काले दोस्रो र कृष्णबहादुर बस्नेतले तेस्रो स्थान प्राप्त गरे । खड्कले २ घन्टा २१ मिनेट ४३ सेकेन्ड […]
February 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतका सेहजसिंह पवार र देबशिष साहुको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा सेहज र देबशिषको जोडीले नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीलाई ६–१ र ७–६(३) को सेटमा पराजित गरे । […]
February 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राई र नेपाल टेलिकमकी श्रद्धा मानन्धर १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगिताको शुक्रबार भएको सेमिफाइनलमा पार्वतीले नेपाल विद्युत प्राधिकरणकी अम्बिा सापकोटा तथा श्रद्धाले नागरिक लगानी कोषकी मौसमी […]
February 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक अर्किड स्कुल ‘ए’ ले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । काँडाघारीस्थित घरेलु मैदानमा शुक्रबार भएको खेलमा अर्किड ‘ए’ ले गोठाटारलाई १–० गोलले पराजित ग¥यो । अन्य खेलमा भिमेश्वर एकेडेमी र गोल्डेन बडले जित निकाले । प्रतियोगिताको संघीय सांसद् रामहरि खतिवडाले एक कार्यक्रमबीच उद्घाटन गरे […]
February 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मोडल र स्कोलर्स होम्सले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन् । शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा नेपाल मोडलले आयोजक भद्रकालीलाई ३०–२३ ले पराजित ग¥यो । नेपाल मोडलको जितमा सौरव चौधरीले १४ अंक योगदान गरे । महेन्द्र पोखरेलको ६ अंक सहयोगमा स्कोलर्स होम्सले टीआईएलाई २५–२४ को […]
February 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ फाइनल प्रवेश गरेकी छिन् । जेशिकाले रशिलालाई १८–२१, २१–१६ र २१–१३ ले पराजित गर्दै उपाधीका लागि आर्मीकी अमिता गिरीसँग भेट पक्का गरेकी हुन् । गिरी र कस्तुरी कलेजकी सिमा राजवंशीबीचको […]
February 10, 2023
ललितपुर (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा तेस्रो स्वर्ण पदक जितेको छ । ६० केजी तौल समूहमा च्याम्पियन बन्दै मीनबहादुर तामाङले एपिएफका लागि तेस्रो स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको पहिलो दिन एपिएफले पुरुष एकल र टिम काताम स्वर्ण पदक जितेको थियो । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी […]
February 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्वी संघको आयोजनामा तेस्रो फिफ्टिन्स रग्वी लिग अर्को साता सुरु हुने भएको छ । रग्वी संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिग माघ २९ गते आइतबारदेखि फागुन ६ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितामा चार टोली हिमालयन टाइगर क्लब, आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी […]