February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकमका राजेन्द्रसिं कार्की र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राईले १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जितेका छन् । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा राजेन्द्रले नेपाल विद्युत प्राधिकरणका श्यामसुन्दर महर्जनलाई २१–१८ र २१–१४ को सोझो सेटमा पराजित […]
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद विश्वविद्यालय कार्यदलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आशय पत्र हस्तान्तरण गरेको छ । विश्वविद्यालयकी सह–संयोजक गीता क्षेत्री राणाले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई प्रस्तावित आशय पत्र हस्तान्तरण गरिन् । आशय पत्रमा समस्याका पहिचान, लक्ष्य, खेलकुद विश्वविद्यालयको उद्देश्य, औचित्य, खेलकुद विश्वविद्यालय स्थापना गर्न थप आवश्यक आधार, खेलकुद विश्वविद्यालयको आधारभूत चरित्र, सम्भावित चुनौती, […]
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जिनियस आइबि वल्र्ड स्कुलको आयोजनामा दोश्रो जिनियस कप यु–१२ अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबार हुने भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयबाट १२ छात्र टिमको सहभागिता रहने जिनियसका शिक्षा प्रमुख प्रदिप वज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । […]
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सेब र गोल्डेनपिकले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । हात्तीगौडास्थित आयोजक भद्रकालीको कोर्टमा सेबले ग्रिनल्यान्डलाई २९–२४ ले पराजित ग¥यो । सेबका विकास डाँगीले १५ स्कोर गरे । गोल्डेनपिकले एन्जल्स हार्टलाई ४६–३६ ले हरायो । गोल्डेनपिकका सुविन तामाङले ७ अंक जोडे । स्कोलर्स होमले […]
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सांग्रिलाले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ । सांग्रिलाले लाइसियमलाई ४–२ गोलले पराजित ग¥यो । सांग्रिलाका गम्भीर तामाङले ह्याट्रिक गरे । लाइसियमका दिपेन थापा मगर र सन्जिल मगरले गोल फर्काए । अर्को खेलमा सांग्रिलाले दर्शनालाई ७–० को फराकिलो गोलअन्तरले हरायो । त्यस्तै मोनास्टिकले ग्लोबललाई […]
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङसहित ४ खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् । एक्स बक्सिङ ग्रुप मकाउ तथा विभिन्न देशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलाडीको समूहले उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । थाइल्यान्डको बैंककमा जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्माबाहेक अन्य ३ […]
February 11, 2023
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको हो । पहिलो संस्करणमा पनि पुलिस नै टिम च्याम्पियन बनेको थियो । प्रतियोगिताको शीर्ष ३ भित्र विभागिय टोली रहेका छन् । ६ […]
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । प्रिन्स पुरुष एकलमा तथा जेशिका महिला एकलमा च्याम्पियन बनेका हुन् । शनिबार भएको फाइनलमा उपाधि जित्ने क्रममा प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१ र २१–१५ ले पराजित गर्दै उपाधी उचाले […]
February 11, 2023
ललितपुर (हाम्रो खेलकुद)– एपिएफका सुुवाश घतानीले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा एपिएफको यो छैटौं स्वर्ण पदक हो । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको पाँचौं तथा अन्तिम दिनको शनिबार भएको अन्तिम इभेन्टको फाइनलमा गण्डकी प्रदेशका सजोल बुढाथोकीलाई ६–४ ले हराउँदै सुवाशले स्वर्ण पदक […]
February 11, 2023
ललितपुर (हाम्रो खेलकुद)– एपिएफका मोहमद शेखु आलमले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको ८५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा एपिएफको यो पाँचौं स्वर्ण पदक हो । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा गण्डकी प्रदेशका विशाल थापा मगरलाई ३–१ ले हराउँदै शेखुले स्वर्ण पदक जितेका हुन् । त्यसअघि सेमिफाइनलमा मोहमद शेखुुले पुलिसका स्वीकार […]