default_image

अन्य

February 14, 2023

भ्याली पब्लिक र ग्रिनल्यान्ड क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र ग्रिनल्यान्ड दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ४२–२२ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा सुनिल पौडेलले २२ अंक योगदान गरे । प्रवीण तामाङको १९ अंक सहयोगमा ग्रिनल्यान्डले पञ्चायणलाई ५८–२५ ले […]

February 14, 2023

फेका कप बिहीबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा १५औं फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा २४ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक मुरारीप्रकाश सन्जेलले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा कौस्तुभ, अक्षरिका, एमसीपीएस, शिक्षालय, हाइली […]

February 14, 2023

प्रिन्स र रुकेशलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीका रुकेश महर्जनले बिराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् । राष्ट्रिय च्याम्पियन प्रिन्सले पहिलो खेलमा कास्कीका विधान अधिकारीलाई २१–१७ र २१–११ ले तथा अर्को खेलमा पुलिसकै पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो सफलता पाएका हुन् । नेपाल […]

February 14, 2023

पन्त आइटिओ र मैनाली २ स्टार रेफ्री जजमा उर्तिण

काठमाडौं (हाम्रो खेलकुद)– बक्सिङका रेफ्री तथा जज पुष्करराज पन्त इन्टरनेसन टेक्निकल अफिसियल (आइटिओ) मा उतिर्ण भएका छन् । आइटिओ कोर्ष पूरा गर्ने उनी पहिलो नेपाली भएको नेपाल बक्सिङ संघले जनाएको छ । अन्तरर्राष्ट्रिय बक्सिङ संघ (आइबिए) आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा जनवरी १७ देखि २७ तारिख सम्म सञ्चालन भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपका दौरान आइटिओको कोर्ष […]

February 13, 2023

आयोजक भद्रकाली विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भद्रकालीले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको छ । हात्तीगौडास्थित घरेलु कोर्टमा सोमबार भएको खेलमा भद्रकालीले टीआईएलाई २१–१८ ले पराजित ग¥यो । भद्रकालीका प्रनिक राईले ९ स्कोर गरे । सिनियर ब्वाइजमै नेपाल मोडलले स्कलर्स होमलाई २३–२२, भ्याली पब्लिकले एचएचसीएलाई ३९–२२ र नेसनल युनाइटेडले जुगललाई १२–१० […]

February 13, 2023

चाँदबाग खेलकुद महोत्सव बुधबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – द चाँदबाग स्कुलको आयोजनामा चाँदबाग खेलकुद महोत्सव बुधबारदेखि हुने भएको छ । महोत्सवमा मिनी बास्केटबल, यु–१२ फुटबल र आर्ट कम्पिटीसन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा चाँदबागकी प्रिन्सिपल मिलन केसी लोप्चनले जानकारी गराइन् । बास्केटबलमा ब्वाइज-गल्र्समा समान ८–८ गरी १६ टिमको सहभागिता रहने चाँदबागका भाइस प्रिन्सिपल सोमराज पनेरुले जानकारी दिए । फुटबलमा […]

February 13, 2023

माउन्ट सेब र भीमेश्वरको जित

काठमाडौं (हाम्रो खेलकुद) – माउन्ट सेब र भीमेश्वर एकेडेमीले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा जित हात पारेका छन् । सोमबार भएको खेलमा माउन्ट सेबले आयोजक अर्किड ‘बी’ लाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि जेम्स खड्काले २ तथा आरेहण श्रेष्ठले १ गोल गरे । अर्किड ‘बी’ का आशिष बस्नेतले १ गोल […]

February 13, 2023

एभेन्सलाई जिनियस फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एभेन्सले दोश्रो जिनियस कप यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । लुभूस्थित आयोजक जिनियस आइवि वल्र्ड स्कुलमा सोमबार भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित गदृे उपाधि हात पारेको हो । विजयी टिमका लागि सक्षम खरेलले २ तथा विरल थापाले १ गोल गरे । प्रतियोगितामा प्रिमियरका अबिम […]

February 13, 2023

महिला भलिबल टोलीको प्रशिक्षकमा बेल्जियमका ब्रान्ट नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – बेल्जियन प्रशिक्षक जान डे ब्रान्ट नेपाली महिला राष्ट्रिय भलिबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल भलिबल संघलाई प्राविधिक सहयोग गर्ने क्रममा अन्तर्राष्ट्रिय भलिबल महासंघले डे ब्रान्टलाई ६ महिनाका लागि नियुक्त गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । ‘सबै प्रक्रिया पूरा भएर डे ब्रान्ट नियुक्त हुनु भएको छ । उहाँ […]

February 12, 2023

चिरायु चन्चलाको कराते साधना

भुपेन्द्र जि.सी,काठमाडौं चन्चला दनुवार नेपाली करातेकी सदाबहार खेलाडी हुन् । डेढ दशक लामो सक्रिय खेलाडी जीवन बिताइसकेकी चन्चलाले करिअरमा थुप्रै सफलता हासिल गरेकी छिन् । देशको प्रतिनिधित्व गर्दै ऐतिहासिक पदक समेत जितेकी चन्चलाको सफल खेल जीवनमा केहि अविस्मरणीय क्षण छन् । कुनै भन्नेबितिक्कै सम्झना आइहाल्ने, त कुनै बिर्सन चाहेर पनि नसकिने । नेपालमै तीन वर्ष […]

Success

Thank you for your time.