default_image

अन्य

February 16, 2023

पल्सर स्पोर्टस अवार्डमा एडिडासको साथ

काठमाडौं (हाम्रो खेलकुद)– एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७८ को लागि विश्व प्रसिद्ध स्पोर्ट्स ब्रान्ड एडिडाससँग सहकार्य गरेको छ । नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालि र अवार्डको आयोजनक नेपाल खेलकुद पत्रकार मञ्चबीच बिहीबार सम्झौता भएको छ । मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र रुट्स फेसनको तर्फबाट प्रबन्ध निर्देशक सन्जिव तुलाधरले तीन वर्षको […]

February 16, 2023

स्तुपा टु स्तुपा रेस शनिबार हुने

काठमाडौं (हाम्रो खेलकुद)– मिरा राई इनिसिएटिभसको आयोजनामा शनिबार पाँचौ स्तुपा टु स्टुपा ट्रेल रेस हुने भएको छ । स्पुता टु स्तुपा रेसमा महिला र पुरुष ५४ किलोमिटर र २१ किलोमिटर अलग अलग दौड समावेश गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । रेस स्वयम्भुबाट सुरु भएर जामाचो, नागि गुम्बा, कपन हुँदै बौद्ध पुगेर टुंगिनेछ । […]

February 16, 2023

न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबको आयोजनामा ‘बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप २०७९’ अर्काे साता आयोजना हुने भएको छ । आयोजक न्यू डायमण्डले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ९ देखि १३ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितामा काठमाडौं र काठमाडौं बाहिरका गरी […]

February 15, 2023

रग्बीमा आर्मी र गोर्खालीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघको आयोजनामा जारी तेस्रो राष्ट्रिय क्लब रग्बी फिफ्टिन्स लिगमा त्रिभुवन आर्मी क्लब र गोर्खाली रग्बी क्लबले लगातार दोस्रो जित हासिल गरेका छन् । दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा आर्मील हिमालयन रग्बी क्लबलाई ७५–१० को अन्तरले पराजित गरेको छ । अर्को खेलमा गोर्खालीले आकाश भैरवलाई ७६–३ ले हराएको थियो […]

February 15, 2023

ज्ञान निकेतन बास्केटबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञान निकेतन स्कुलको आयोजनामा हुने २० औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ज्ञान निकेतनकी प्रिन्सिपल लीला कुँवरले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । प्रतियोगितामा सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ७ र गल्र्समा ४ गरी १९ टिमको सहभागिता […]

February 15, 2023

टेनिस टोली श्रीलंका जाने

काठमाडौं (हाम्रो खेलकुद) – जुनियर डेभिस कप तथा बिली जिन किङ कपमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ । डेभिस कपमा ३ ब्वाइज तथा किङ कपमा २ गल्र्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । डेभिस कपमा आयुशमान हजुर घले, श्रृजन भट्टराई […]

February 15, 2023

निर्मल ज्योति क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – निर्मल ज्योति सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा निर्मल ज्योतिले साम्तेनलाई १–० गोलले पराजित ग¥यो । विजेताका निमा शेर्पाले निर्णायक गोल गरे । त्यस्तै माउन्ट सेब, कौतिल्य र डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमी पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल […]

February 15, 2023

नवौंमा पदक जित्ने एपिएफका खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा पदक जित्न सफल नेपाल एपीएफ क्लबका खेलाडीलाई नगद पुरस्कार र सम्मानपत्रले सम्मानित गरेको छ । सशस्त्र प्रहरी बलले बुधबार आफ्नै प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै नवौंमा स्वर्ण पदक, रजत तथा कास्य पदक विजेता नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगदसहित सम्मानपत्र प्रदान […]

February 15, 2023

मञ्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र स्वतन्त्र सामाजिक प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा तेस्रो संस्करणको मञ्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुन तेस्रो साता हुने भएको छ । आयोजकले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुन २०, २१ र २२ गते हुने जानकारी गराएको छ । ६ विधा […]

February 15, 2023

क्याम्ब्रिज र विजकिड्स माफ भलिबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – क्याम्ब्रिज पब्लिक हाई स्कुल र विजकिड्स स्कुल छैटौं म्याचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) इन्टर स्कुल गल्स भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा बुधबार भएको सेमिफाइनलमा घरेलु टोली क्याम्ब्रिजले जगत मन्दिरलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सेटमा […]

Success

Thank you for your time.