default_image

अन्य

March 1, 2023

ब्याडमिन्टनका प्रिन्सले अब एपिएफबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले घरेलु प्रतियोगिताहरु अब नेपाल एपिएफ क्लबबाट खेल्ने भएका छन् । ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा विश्व नम्बर एक रहिसकेका प्रिन्सले मंगलबार एक वर्षको सम्झौता गरेको एपिएफ क्लबका व्यवस्थापक विजय केसीले जानकारी दिए । यसअघि झन्डै ४ महिना नेपाल पुलिस क्लबमा रहेका उनले विराटनगर फागुन ७ गते पुष्पलाल स्मृति […]

February 28, 2023

वादोरियो खेलाडी श्रीलंका प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ सदस्यीय नेपाली वादोरियो कराते खेलाडी टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेका छन् । मार्च ४ तारिखमा हुने प्रतियोगिताको पुरुष ६० केजीमा पुरुषोत्तम पौखरेल, ७० केजीमा शोभाकर पन्थ, ७५ केजीमा कमाराउद्दिन अली र ९ वर्ष उमेरसमूहमा सत्यम कँडेलले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला […]

February 28, 2023

रातो बंगला र जेभियरलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – रातो बंगला र जेभियर इन्टरनेसनल कलेजले १०औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । रातो बंगला ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बनेका हुन् । बल्खुस्थित आयोजक बर्नहार्ट कलेजको कोर्टमा मंगलबार भएको ब्वाइज फाइनलमा रातो बंगलाले टाइम्सलाई ४३–४१ ले पराजित ग¥यो । रातो बंगलाका रेवत सोनाम गुरुङले ११ […]

February 28, 2023

पिस प्वाइन्ट च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक पिस प्वाइन्टले ३६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सानोगौचरनमा मंगलबार भएको फाइनलमा पिस प्वाइन्टले सिद्धार्थ बनस्थलीलाई ५–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ विशेष थिङ र राहुल लामाले समान २ तथा सम्राट बस्नेतले १ गोल गरे । […]

February 28, 2023

लोयल्टी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लोयल्टी ‘ए’ ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लोयल्टी समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । मण्डिखटारस्थित घरेलु मैदानमा मंगलबार भएको खेलमा लोयल्टीले विद्या संस्कारलाई ३–१ गोलले पराजित ग¥यो । अर्को खेलमा लोयल्टीले नेक्ससलाई ४–० गोलले हरायो । विद्या संस्कारले नेक्ससलाई […]

February 28, 2023

पल्सर स्पोर्टस अवार्ड – अन्जन र उषा दोहोरो मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलका अन्जन विष्ट र भलिबलकी उषा भण्डारी पल्सर स्पोर्टस अवार्डको दोहोरो विधाको मनोनयमा परेका छन् । अन्जन र उषा यसअघि नै सार्वजनिक भएको पिपल्स च्वाइस अवार्डको मनोनयमा परेका थिए । अर्को साता आयोजना हुने अवार्डको विभिन्न ४ विधाको मनोनय सार्वजनिक हुँदा अन्जन र उषा फरक फरक विधामा मनोनयमा परेका छन् । […]

February 28, 2023

कर्णालीका मुख्यमन्त्री शर्मालाई ओलम्पियन्स संघको बधाई

सुर्खेत (हाम्रो खेलकुद)– नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टसहितको खेलाडी टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई बधाई तथा सफलताको शुभकामना दिएको छ । कर्णाली प्रदेशको जुम्ला र सुर्खेतमा स्कुल टु ओलम्पिक कार्यक्रम सञ्चालनका दौरान सुर्खेत आएका खेलाडीको टोलीले सोमबार मुख्यमन्त्री कार्यालयमा पुगेर शर्मालाई बधाई दिएको थियो । टोलीमा ओलम्पियन देवु थापा, कमल अधिकारी तथा १३ […]

February 27, 2023

स्कुल टु ओलम्पिकको दोस्रो चरण कर्णालीमा सम्पन्न

सुर्खेत (हाम्रो खेलकुद)- विधार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यका साथ नेपाल ओलम्पियन संघले आयोजना गरेको स्कुल टु ओलम्पिक कार्यक्रमको दोस्रो चरण कर्णाली प्रदेशमा सोमबार सम्पन्न भएको छ । कर्णालीका जुम्ला र सुर्खेत दुई जिल्लामा विभिन्न विद्यालयका विधार्थीहरुको बीचमा स्कुल टु कार्यक्रम आयोजना भएको थियो । जुम्लामा फागुन १२ गते कार्यक्रम भएको थियो । […]

February 27, 2023

क्रिकेट टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतबीच हुने फरक क्षमता भएकाको टी– २० क्रिकेटका लागि १५ पुरुष खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलबार भारतको हरियाणा जाने भएको छ । १८ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच सफलताकाे शुभकामनासहित बिदाइ गरे । खेलाडीहरुमा सन्तोष भण्डारी (कप्तान), प्रदीप रिजाल (उपकप्तान), डम्बरबहादुर […]

February 27, 2023

त्रिज्योति र ज्ञानोदय क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानोदय र त्रिज्योति ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट त्रिज्योति विजेता र ज्ञानोदय उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् । मण्डिखटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको खेलमा त्रिज्योतिले लोयल्टी ‘बी’ लाई ४–० गोलले पराजित गर्‍यो। ज्ञानोदयसंग १–१ को बराबरी खेल्यो । ज्ञानोदयले […]

Success

Thank you for your time.